दमौली, जेठ ७
म्याग्दे गाँउापालिकाको आर्थिक वर्ष २०८१÷०८२ को बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि सर्वदलिय सर्वपक्षिय अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
स्वच्छ सभ्य समृद्ध म्याग्देको आधार, कृषि पर्यटन र पुर्वाधार वन्ने लक्ष्य लिएको गाउँपालिकाले बजेट निर्माणको पुर्व सन्ध्यामा पालिका भित्रका राजनीतिक दल, समाजसेवी, वुद्धिजीवि, सरोकारवाला निकाय, विभिन्न संघसंस्थासँग पालिकालाई कसरी समृद्ध वनाउन सकिन्छ भन्ने विषयमा सुझाव माग गरेको हो । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तर सम्वाद कार्यक्रममा विभिन्न व्यक्तिहरुले विभिन्न सुझाव दिएका थिए ।
सर्वपक्षिय सम्वाद कार्यक्रमलाई सहजीकरण गर्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले गाउँपालिकामा आन्तरिक आम्दानीको श्रोत कम हुदै गएको, संघ र प्रदेशवाट आउने बजेटमा भारी कटौती भएको सन्र्दभमा नागरिकको माग र आवश्यकतालाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने विषयमा सुझाव संकलन गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा सहभागीहरुले कृषि र उत्पादनका क्षेत्रमा बजेट बनाउनुपर्ने बताएका थिए । शिक्षा क्षेत्रको आमुल परिवर्तन विना विकास निर्माण सम्भव नहुनेमा सहभागीहरुले जोड दिएका थिए । सो कार्यक्रममा नेकपा माओवादी केन्द्र म्याग्देका संयोजक वालकृष्ण श्रेष्ठले म्याग्दे गाँउपालिकालाई पर्यटकीय दृष्टिकोणले अगाडी वढाउनुपर्ने बताएका थिए । यसैगरि रास्वपाका म्याग्दे संयोजक मनोज अधिकारीले पालिकालाई समृद्ध र सवल बनाउन सवै पक्ष लाग्नुपर्ने बताए । गाउँपालिकामा आम्दानीको श्रोत विना विकास निर्माण सम्भव नभएको हुदाँ आफुले पनि श्रोतको खोजीमा लाग्ने उनले बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले स्थानिय सरकार पािलका सरकार र संघिय सरकाले तोकेको न्युनतम मापदण्डमा तोकेर बजेट निर्माण गर्नुपर्ने भएको हुदाँ सरोकारवाला पक्ष सम्पुर्ण म्याग्देको विकास निर्माण र उत्थानमा लाग्नुपर्ने बताए ।
यसैगरि पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बजेट निर्माण आम टोलवासी, बस्ती, वडा हुदै पालिका सम्मको चासोको बिषय वनेको हुदाँ बजेट निर्माणमा आम जनताको न्युनतम आवश्यकतामा केन्द्रित रहने बताए । गाउँपालिका जनताको साथ र सहयोग विना अगाडी वढ्न नसक्ने हुदाँ नागरिकको सरोकारको विषयमा पालिकाले विभिन्न चरणमा सुझाव लिईएको अध्यक्ष श्रेष्ठले बताए ।
वडामा टुक्रे योजनाले ठोस विकास निर्माणको काम नहुने हुदाँ सिगो पालिकालाई भुगोल मानेर अगाडी वढ्नुपर्ने उनले बताए । मेरो टोल, मेरो वडा हैन, हाम्रो पालिका भनेमा मात्र समृद्ध म्याग्दे बनाउन सकिने अध्यक्ष श्रेष्ठको दावी रहेको थियो ।