तनहुँमा दुई चरणमा १४ हजार बढी बालबालिकालाई खोप लगाइने

Devghat Online

शेयर गरौ

दमौली, जेठ ९

तनहुँमा यस वर्ष दुई चरणमा गरि १४ हजार भन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ । यही जेठ १४ देखि २८ गतेसम्म बालबालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

पहिलो चरण जेठ १४ देखि २० गते सम्ममा व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकाका ३८ वटा वडामा खोप लगाईने छ । त्यसैगरि दोस्रो चरणमा जेठ २२ गते देखि २८ गते सम्ममा भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, र घिरिङ गाउँपालिकाका ४७ वटा वडामा खोप लगाइने छ ।

कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित जिल्लामा दुई सय ९० खोप केन्द्र निर्धारण गरी चार सय ६५ जनशक्ति परिचालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा.विद्या तामाङले जानकारी दिइन् ।

जिल्लाका १० वटा पालिकामा १४ हजार चार सय ६५ बालबालिकालाई खोप लगाउन आवश्यक तयारी थालिएको कार्यालयले जनाएको छ ।
खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित स्थानीय तह, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो । नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती