दमौली, जेठ ९
म्याग्दे गाउँपालिकाका सुन्तला खेती गर्ने कृषकलाई पावर स्प्रे वितरण गरिएको छ । म्याग्दे गाउँपालिकामा सुन्तला खेतिको लागि अति नै सम्भावना बोकेको हुँदा सुन्तला खेति गर्ने कृषकहरुलाई सुन्तलाको बोट किराहरुको संक्रमणबाट बचाउनका लागि ५० प्रतिशत अनुदानमा औषधि छर्ने पावर स्प्रे वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।




चलु आर्थिक वर्षमा जम्मा १७ जना कृषकहरुबाट उक्त अनुदानको प्रस्ताव आव्हान भएकोमा हालसम्म ९ जना कृषकलाई मात्र मेसिन उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।

उक्त प्रविधि लिन बाँकी रहेका कृषकहरुलाई पनि यथासिघ्र खरिद गरि बिल पेश गरी भुक्तानी लिनुहुन गाउँपालिकाले अनुरोध गरेको छ ।













