अनेमसंघको जिल्ला सम्मेलन सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, जेठ १२

अखिल नेपाल महिला संघ तनहुँको नवौं जिल्ला सम्मेलन शनिबार दमौलीमा सम्पन्न भयो । अधिवेशनले सिता थापा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनको अनेमसंघकी केन्द्रीय अध्यक्ष टुका हमालले उद्घाटन गरिन् ।

विष्णुमाया ढकालको अध्यक्षतामा सम्पन्न सो अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथी हमाल, नेकपा एमालेका केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाईली, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेंल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष सरस्वती सिग्देल र पुर्व सचिव बसुन्धरा घर्तीले पनि उम्मेदबारी दिएकोमा उनीहरुसँग कुनै छलफल नै नगरिकन एकतर्फी रुपमा नेतृत्व घोषणा गरेको आरोप असन्तुष्ट समुहले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न