अनेमसंघको जिल्ला सम्मेलन सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, जेठ १२

अखिल नेपाल महिला संघ तनहुँको नवौं जिल्ला सम्मेलन शनिबार दमौलीमा सम्पन्न भयो । अधिवेशनले सिता थापा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनको अनेमसंघकी केन्द्रीय अध्यक्ष टुका हमालले उद्घाटन गरिन् ।

विष्णुमाया ढकालको अध्यक्षतामा सम्पन्न सो अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथी हमाल, नेकपा एमालेका केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाईली, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेंल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष सरस्वती सिग्देल र पुर्व सचिव बसुन्धरा घर्तीले पनि उम्मेदबारी दिएकोमा उनीहरुसँग कुनै छलफल नै नगरिकन एकतर्फी रुपमा नेतृत्व घोषणा गरेको आरोप असन्तुष्ट समुहले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक