रविको नाम नराखी समिति बनाउन कांग्रेस सकारात्मक, कार्यदलको बैठकपछि शीर्ष नेताहरू बालुवाटारमा

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ १२

सहकारी ठगीको छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) को टुंगो लगाउन बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको छ ।

शनिबार साँझ बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको कार्यदलको सदस्यसमेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार अब बालुवाटारमा शीर्ष नेताहरूसहितको बैठकले अन्तिम टुंगो लगाउने छ ।

‘बैठक सकारात्मक रूपमा अगाडि बढेको छु, कार्यदलको बैठकपछि बर्तौलाले भने, ‘अन्तिम टुंगोमा पुर्‍याउनका लागि प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गर्न जाँदैछौं ।’

बालुवाटारमा आजै बस्ने शीर्ष नेताको बैठकले अन्तिमरूप दिने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न