एमाले देवघाटको सचिव चुन्न सोमबार निर्वाचन

Devghat Online

शेयर गरौ

देवघाट, असार २

यसैविच नेकपा एमाले देवघाट गाउँ कमिटिको सचिवको चयनको लागि सोमबार निर्वाचन हुने भएको छ ।

गत जेठ २९ गते भएको गाउँ कमिटिको दोश्रो अधिवेशनबाट सचिव बाहेकका अन्य पदहरुमा सर्वसम्मती भएको थियो । सचिवमा गणेश थापा, शान श्रेष्ठ र विकास ढकालले उम्मेदबारी दिएका थिए । त्यस मध्ये थापाले आफ्नो उम्मेदबारी फिर्ता लिएका छन् ।

अधिवेशनको दिन सचिव पदमा सर्वसम्मती नभएपछि छलफलको लागि समय थप गरिएको थियो । आइतबार साँझसम्म पनि सचिवमा सर्वसम्मती नभएपछि सोमबार विहान १० बजेबाट कालिका सामुदायिक वनको कार्यालयमा निर्वाचन हुने भएको हो । श्रेष्ठ राष्ट्रिय युवा संघका पुर्व केन्द्रीय सदस्य हुन् भने ढकाल संघका देवघाट गाउँ कमिटिका पुर्व सचिव हुन् ।

अधिवेशनबाट देवघाट गाउँ कमिटिको अध्यक्षमा भिम गुरुङ, उपाध्यक्षमा भोजराज नैनावस्ती, खुल्ला उपसचिवमा हर्कबहादुर थापा र महिला उपसचिवमा सावित्री न्यौपाने सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले