एमाले देवघाटको सचिव चुन्न सोमबार निर्वाचन

Devghat Online

शेयर गरौ

देवघाट, असार २

यसैविच नेकपा एमाले देवघाट गाउँ कमिटिको सचिवको चयनको लागि सोमबार निर्वाचन हुने भएको छ ।

गत जेठ २९ गते भएको गाउँ कमिटिको दोश्रो अधिवेशनबाट सचिव बाहेकका अन्य पदहरुमा सर्वसम्मती भएको थियो । सचिवमा गणेश थापा, शान श्रेष्ठ र विकास ढकालले उम्मेदबारी दिएका थिए । त्यस मध्ये थापाले आफ्नो उम्मेदबारी फिर्ता लिएका छन् ।

अधिवेशनको दिन सचिव पदमा सर्वसम्मती नभएपछि छलफलको लागि समय थप गरिएको थियो । आइतबार साँझसम्म पनि सचिवमा सर्वसम्मती नभएपछि सोमबार विहान १० बजेबाट कालिका सामुदायिक वनको कार्यालयमा निर्वाचन हुने भएको हो । श्रेष्ठ राष्ट्रिय युवा संघका पुर्व केन्द्रीय सदस्य हुन् भने ढकाल संघका देवघाट गाउँ कमिटिका पुर्व सचिव हुन् ।

अधिवेशनबाट देवघाट गाउँ कमिटिको अध्यक्षमा भिम गुरुङ, उपाध्यक्षमा भोजराज नैनावस्ती, खुल्ला उपसचिवमा हर्कबहादुर थापा र महिला उपसचिवमा सावित्री न्यौपाने सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो