तनहुँकी करुणालाई मिस नेपाल बनाउन अभियान सुरु

Devghat Online

शेयर गरौ

दमौली, असार १७

लोकप्रिय सौन्दर्य प्रतियोगिता मिस नेपालकी प्रतिश्पर्धी तनहुँकी करुणा रावतलाई मिस नेपाल बनाउन उनको गृह जिल्ला तनहुँमा अभियान सुरु भएको छ । सोमबार दमौलीमा भएको भेलाले गल गुरुङको संयोजकत्वमा ‘करुणा जिताऔं अयिभान’ गठन गरेको छ ।

व्यास नपा–४ निवासी करुणा मिस नेपालको प्रतिश्पर्धाको उत्कृष्ट २६ भित्र पर्न सफल भएकी छिन् । हिडन ट्रेजर नेपालले आयोजना गरेको मिस नेपाल २०२४ का लागि भोटिङ सुरु भईसकेको छ । यसै सन्दर्भमा करुणालाई धेरै भन्दा धेरै भोट दिलाउन उक्त करुणा जिताऔं अभियान सुरु गरिएको हो । करुणाको भोटिङ कोड ८ रहेको छ ।

उक्त समितिमा संयोजक गल गुरुङ तथा सदस्यहरु शंकर अधिकारी, नविन पुरी, शैलेश खाती, सरोज भण्डारी, रवि भुजेल, रनिल रोका र शिवहरी धिताल रहेका छन् । यसैगरि सल्लाहाकार समितिमा प्रेव राउत, जिवन गुरुङ, रामकृष्ण विक, हिरा थापा, श्याम मौराती, जिवन श्रेष्ठ, श्रीकृष्ण बस्नेत, शुरेश पुरी, कृष्ण सुनार, डम्बर अधिकारी र उज्वल पौडेल रहेका छन् ।

भोटिङका लागि डिजिटल वालेट खल्ती डाउनलोड गर्नुपर्नेछ । खल्ती एपमा इन्टरटेनमेन्ट सेक्सनमा गएर भोट अप्सनमा गई मिस नेपालको भोटिङ अप्सनमा गएर भोटिङ गर्न सकिने कम्पनीले जनाएको छ । मिस नेपाल २०२४ का लागि खल्ती प्रयोगकर्ताले एक भोट सित्तैमा हाल्न पाउनेछन् । साथै केवाईसी भेरिफाई गरिएका खल्ती एपका प्रयोगकर्ताले अर्को एक भोट थप गरी दुई भोटसम्म निशुल्क हाल्न पाउने कम्पनीले जनाएको छ । मिस नेपाल २०२४ का लागि २६ जना प्रतिष्पधी रहेका छन् ।

करुणा मिस नेपाल बन्नकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी हुन् । १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी उनी यसअघि मिस एसएलसी पोखरा–२०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उनीसँग अस्ट्रेलियाको सांसदले सञ्चालन गर्ने ‘नेशनल लिडरसिप फोरम’मा सहभागी भएको अनुभव समेत छ ।

उनले मिस वल्र्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा ¥याम्प वाक प्रदर्शन गरेकी थिइन् । विभिन्न सार्वजनिक कार्यक्रमको उद्घोषण समेत गर्ने गरेकी करुणा मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् । वेस्टर्न सिड्नी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर काम गरेकी उनीसँग बूमटाउन शिखर सम्मेलनमा सहभागी भएको अनुभव पनि छ ।

सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुव्र्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् । उनले राष्ट्रिय नेतृत्व मञ्च, प्रतिनिधि २०२२, अस्ट्रेलियामा युवा नेताका रूपमा छनोट भई संसद् भवनमा ३ दिनसम्म नेपालको प्रतिनिधित्व गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि