तनहुँ जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Devghat Online

शेयर गरौ

दमौली, असार १८

तनहुँ जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको सचिवालयद्वारा मंगलबार आयोजित कार्यक्रमा जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप जिल्ला हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ सन्चालित खोप अभियान सफलतापुर्वक सन्चालन भएको र जिल्लाका सबै स्थानीय तह पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भईसकेपछि समग्र जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए ।

तनहुँलाई २०७२ कार्तिकको २० गते पहिलो पटक पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भई हाल सम्म सो निरन्तर रहि यस चालु आर्थिक वर्ष २०८०÷०८१ मा तनहुँ जिल्लाको १० वटै स्थानीय तहका १६ महिना देखि ५९ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका बमोजिम १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोपहरु पाईसकेको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले बताए ।

 

पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा उपस्थित सरोकारवालाका प्रतिनिधिहरुले खोप सुनिश्चितता सहित सबै स्थानीय तहहरुले विभिन्न मितिमा पूर्ण खोप सुनिश्चितताको दिगोपना कायम रहेको स्थानीय तह घोषणा भईसकेकाले तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चितताको दिगोपना कायम रहेको जिल्ला घोषणा गरिएको भन्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

साथै आगामी दिनमा कुनै पनि अवस्था र परिस्थितिमा कुनै पनि बालबालिका कुनै पनि खोप लिनबाट बञ्चित हुने छैन भनि हामी सबै जिल्ला तथा स्थानीय तह पूर्ण खोप समन्वय समितिका पदाधिकारीहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु तथा यस कार्यक्रममा सहभागी सम्पूर्णले सामूहिक प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू