चितवन सुन पसल लुटपाट प्रकरणः सञ्चालक नै मुख्य योजनाकार, बीमा रकम हत्याउने दाउ

Devghat Online

शेयर गरौ

चितवन, असार १८

जिल्लाको कालिका नगरपालिका( ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा असार १ गते राति लुटपाट भएको घटना सार्वजनिक भयो । चाँदी ३३ तोला र सुन १ किलो ७०० ग्राम लुटेर लगेको प्रहरीमा सञ्चालक विनोद विश्वकर्माले रिपोर्ट गरे ।

अझ लुटिएको भनिएको ४४ तोला प्रहरीले नै भेटेर त्यही सञ्चालक विश्वकर्मालाई बुझायो । तर, प्रहरी चितवनमा यति ठूलो लुटपाटका घटना हुनुको पछाडिको सुरक्षाको प्रश्न आउनसक्ने कुराले सचेत बन्यो । खोलेसिमल बजार सुरक्षाको दृष्टिकोणले प्रहरीले असुरक्षित क्षेत्रमा राखेको स्थान पनि होइन ।

अझ हरेक महिनाको १ गते सबै पसल बन्द हुने दिन सुनचाँदी पसल दुई जनाले लुटेर २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदीका गहना लगिएको भनिएको थियो ।

सुनचाँदी पसल सामान्यतया ६ बजेसम्म बन्द भइसक्छ । तर, राति ८ बजेर २० मिनेटमा दुई जना नचिनेका व्यक्तिले मोटरसाइकलमा आइ धारिलो हतियार देखाइ सुनचाँदी लुटेका थिए ।

चितवन प्रहरीलाई सुरुदेखि नै शंकित बनायो । त्यसपछि प्रहरीको अनुसन्धान टोलीले केन्द्रीय अनुसन्धान ब्युरोबाट सहयोग माग्यो । त्यसपछि ठूलो परिणाममा सुन र चाँदी चोरी भएको भनिएको घटनाको सूक्ष्म अनुसन्धान थालियो ।

घटनाको प्रकृति हेर्दा प्रहरीको अनुसन्धान सञ्चालकमाथि शंका गर्नुपर्ने ठाउँमा पुगेपछि अनुसन्धान टोलीले धनानन्द नाम दिएर सूक्ष्म अनुसन्धान थालेको थियो । अन्ततः प्रहरीको अनुसन्धान टोलीले घटनाको १८औं दिनमा घटनाको गहिराइमा पुगेर पत्ता लगायो, सुन पसल लुटपाट सञ्चालक स्वयंको योजनामा घटाइएको थियो ।

प्रहरीले मंगलबारसम्म उक्त लुटपाट भएको घटनाको अनुसन्धान गरेर पाँच जनालाई घटनामा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले आजै पत्रकार सम्मेलन गरी विनोद सुनचाँदी पसल सञ्चालक विनोद सुनारसहित पाँच जनालाई सार्वजनिक गरेको हो ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार विनोद सुनचाँदी पसलले सिद्धार्थ बीमामा दुई करोड २० लाख रुपैयाँको बीमा गरेको छ । आर्थिक व्यवहार केही बिग्रिएको अवस्थामा विनोद आफैंले सुनचाँदी पसल डकैती गराएर बीमाबाट रकम असुल गर्ने योजना बनाए ।

प्रहरीको अनुसन्धान विवरणअनुसार सुनारले पूर्णबहादुर विश्वकर्मालाई ५० हजार रुपैयाँ रकम दिएर लुटपाट गर्न सम्झौता गरे । उनकै योजनाअनुसार असार १ गते राति विश्वकर्मा र पवनकुमार पासवान मोटरसाइकलमा आए । तर, त्यस दिन विनोद भने पसलमा बसेनन् ।
उनीहरुलाई लुटपाटमा पसलका म्यानेजर विजय विश्वकर्माले सहयोग गरे । चोरी गरेका गहनाहरु पनि पवन र पूर्णबहादुरले लगेर कालिका नगरपालिका( ६ घर भएकी अञ्जना पुडासैनी केसीलाई राख्न दिए ।

प्रहरीले अनुसन्धान थालेपछि लुटपाट भएको भनिएको दुई दिनपछि अञ्जनाको घरमा गइ विनोद आफैंले गहना लिएर आएको पत्ता लगायो ।

प्रहरीले लुटेको भनिएको सुनचाँदी पनि विनोदको सुन पसलबाट आज मंगलबार नै बरामद गरेको छ । विनोद कालिका नगरपालिका( ६ खोलेसिमलकै बासिन्दा हुन् । उनलाई प्रहरीले हिजो सोमबार पक्राउ गरेको थियो । विजय विश्वकर्मालाई चोरी गर्न सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ ।

२५ वर्षका विनोदको घर कालिका नगरपालिका ७ मा पर्छ भने चोरीमा संलग्न ५० वर्षका पूर्णबहादुर विश्वकर्मा तनहुँको म्याग्दे गाउँपालिका– ७ का हुन् । त्यसैगरी चोरी गर्न आउने १८ वर्षका पवनकुमार पासवान बाराको बरागढी नगरपालिका ४ का हुन् । पूर्णबहादुर र पवनकुमारलाई प्रहरीले आज मंगलबार पक्राउ गरेको हो ।

कालिका ६ कै अञ्जना पुडासैनी केसी ४२ वर्षकी हुन् उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई लुटपाट तथा चोरी अभियोगमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । चितवनकाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रिमालका अनुसार उनीहरुविरुद्ध आजै जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने