जुवा खेलिरहेको अवस्थामा साँगेका १७ जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असार २०

जुवा खेलिरहेको अवस्थामा बुधबार साँझ ब्यास नगरपालिका–५ ठुलोघुम्ती स्थित यम बहादुर कुमालको पुरानो घरमा हार जितको बाजी राखी जुवा (तास) खेली रहेको अवस्थामा सोही ठाउँका १४ जना पक्राउ परेका छन् ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलयबाट खटिईगएको प्रहरी टोलीले उक्त घर खानतलासी गर्दा उक्त घरमा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घर धनी यम बहादुर कुमाल सहित सोही ठाउँका सुरेश अधिकारी, सुर्य कुमाल, बिज्ञान खनाल, मिन बहादुर थापा, बिष्णु कुमार जोशी, राजेन्द्र सुनार, मंगल सुनार, बिर बहादुर सुनार, शम्बु कुमाल, रबिन्द्र कुमाल, राज कुमार गुरुङ, शान्त बहादुर दरै, राम बहादुर कुमाल, पदम मगर, ऋषिराम अधिकारी र गौरी शंकर शाह रहेका छन् ।

जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट (जुवा) तास सहित एकमुष्ट रुपमा २५ हजार ९ सय ९५ रुपैयाँ बरामद गरी निजहरु उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट ६ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले