भानु नगरपालिकाद्वारा स्थानीय पाठ्यपुस्तक निर्माण गरि सबै विद्यालयमा वितरण

Devghat Online

शेयर गरौ

दमौली, असार २४

भानु नगरपालिकाले कक्षा १ देखि ८ कक्षा सम्मको स्थानीय पाठ्यपुस्तक “हाम्रो भानु” निर्माण गरी सबै विद्यालयमा बितरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, नगर प्रवक्ता इश्वरबहादुर घिमिरे, वडा नम्बर १ का वडाध्यक्ष कान्छीमाया तामाङले उक्त पाठ्यपुस्तकहरू विद्यालयका प्रधानाध्यापकहरूलाई सामुहिक रूपमा वितरण गर्नुभएको थियो ।

भानु नगरपालिकाले शैक्षिक सत्र २०७९ देखि आधारभूत तह कक्षा १–८ को स्थानीय पाठ्यक्रम “हाम्रो भानु” निर्माण गरी सबै विद्यालयमा लागू गरेको थियो । सोही पाठ्यक्रम बमोजिम शैक्षिक सत्र २०८० मा कक्षा १–५ को पाठ्यपुस्तक तयार गरी प्रयोगमा ल्याएको थियो भने चालू शैक्षिक सत्र २०८१ देखि कक्षा ६–८ को समेत पाठ्यपुस्तक तयार गरी सबै विद्यालय (सामुदायिक र संस्थागत) मा वितरण गरेको छ । यसवर्ष कक्षा १–५ को परिमार्जित संस्करणको रूपमा र कक्षा ६–८ को नयाँ संस्करण निर्माण तथा छपाइ गरि वितरण गरेको हो । आधारभूत तह कक्षा १–८ सम्म नै पाठ्यपुस्तक तयार गरी कार्यान्वयनमा ल्याउने भानु तनहुँ जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।

पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण जस्तो अत्यन्त महत्त्वपूर्ण र प्राविधक विषयमा आफ्नो अमुल्य सुझाव सल्लाह तथा पृष्ठपोषण दिई यस अभियानमा प्रत्यक्ष र परोक्ष ढङ्गले सहयोग गर्नुहुने भानुका नगर प्रमुख लगायत सम्पुर्ण जनप्रतिनिधिहरू एवं सिङ्गो नगर कार्यपालिका, नगर शिक्षा समिति, प्रमुख प्रशासकीय अधिकृत लगायत राष्ट्रसेवक कर्मचारीहरू, शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारीहरू, भानुका शिक्षकका पेशागत संगठनका प्रमुखहरू पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण समितिका पदाधिकारीहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक वर्ग, शिक्षा विकास तथा समन्वय इकाइ तनहुँ, शिक्षाविद्, समाजसेवी, बुद्धिजीवी, पापु निर्माणमा प्राविधिक सहयोग गर्ने विश्व वन्यजन्तु संरक्षण संघ नेपाल, पाठ्यपुस्तक डिजाइनर धर्मेन्द्ररत्न तुलाधर, मुद्रक जनक शिक्षा सामग्री केन्द्र लिमिटेड लगायत सबैलाई नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले धन्यवाद दिनुभयो ।

भानुको मौलिक पहिचान दिलाउने अत्यन्त महत्वपूर्ण र सूचनामूलक स्थानीय विषयको रूपमा रहेको यो पाठ्यपुस्तक भानुका सबै विद्यालयमा प्रभावकारी रूपमा लागू हुनुका साथै बालबालिकाको सिकाइ उपलब्धि सुधारमा यसले उल्लेखनीय टेवा पु¥याउने भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर