घिरिङमा सिलाई कटाई र बुटिक डिजाइन तालिम

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, असार २४

घिरिङ गाउँपालिकामा सिलाई कटाई र बुटिक डिजाईन सम्बन्धी एड्भान्स तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत घिरिङ गाउँपालिकाले महिला हरुलाई उद्यमी बनाउने उदेश्य सहित सो तालिम दिएको हो । वडा नम्बर ४ को गडौलिटारमा ११ दिन सन्चालन भएको बुटिक डिजाइन सम्बन्धि प्राबिधिक सीप बिकास तालिमको शुक्रबार समापन गरिएको हो ।

यस्तै गरि वडा नम्बर ५ को देउरालीमा सिलाई कटाई सम्बन्धि एड्भान्स तालिम १५ दिन सन्चालन भएको थियो । सो तालिम पनि शुक्रवार सम्पन्न भयो । उक्त दुबै तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर थापाले तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरि सिकाइमा प्रयोग हुने सिलाई मेसिन लगायतका सामाग्रीहरु हस्तान्तरण गर्नुभयो ।

सानपन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष थापाले सीप सिकेर जिबनमा आर्थिक स्रोतको माध्यम बनाउनु पर्ने बताउनुभयो । साथै गाउँपालिकाले आगामी दिनमा महिलाहरुलाई सीप सिकाएर उद्यमी बनाउने लक्ष्य राखेको अध्यक्ष थापाले बताउनुभयो । सीप सिकेर आत्मनिर्भर बन्न सके कसैको सहारा आवश्यक नपर्ने बताउनुभयो ।

असार ७ गते देखि २१ गते सम्म सन्चालन भएको सिलाई कटाई एड्भान्स तालिममा १२ जना महिलाहरु सहभागी थिए । सो तालिम अन्जान परियारले प्रशिक्षण दिनुभएको थियो । यसै गरि ११ दिने बुटिक डिजाइन तालिममा १० जना महिलाहरु सहभागी रहेका थिए । सहभागीहरुलाई लिला खाम्चाले प्रशिक्षण दिनुभएको थियो ।

सो कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुको तर्फतबाट छलिमाया थापाले महिला दिदिबहिनिहरु रोजगार बिहिन भएर जिवन गुजारा गरिरहेको बेला गाउँपालिकाले सिलाई कटाई तालिम सन्चालन गरि पहिलो तह हुँदै दोस्रो तह सम्मको सीप सिकाएकोमा धन्यवाद दिनुभयो ।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा नम्बर ४ र ५ का अध्यक्षहरु कार्यपालिका सदस्य सरिता बिक र रिमा कुमाल वडा सदस्यहरु, ग्रामीण उद्यमशिलता बिकास तालिम केन्द्रका अध्यक्ष दिपक सुवेदी लगायतका उपस्थित रहेका थिए । सो कार्यक्रम गाउँपालिकाका अधिकृत ध्रुब लामिछानेले सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

वरिष्ठ समाजसेवी भुर्तेलद्वारा मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने

देवघाट, माघ ७ देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न