पहिरोको प्रकोपः पहिरोले घिरिङमा भएको क्षतीको स्थलगत निरिक्षण (तश्विरहरु सहित)

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, असार २४

गत शुक्रबार र शनिबार आएको अबिरल बर्षाको कारण गएको बाढी र पहिरोको कारण घिरिङ गाउँपालिकामा भएको क्षतीको स्थलगत निरिक्षण गरिएको छ ।

घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल तथा वडा प्रतिनिधि र प्राविधिकहरुको टोलीले पहिरोले वडा नम्बर २ र ३ मा भएको क्षतीको स्थलगत अवलोकन गरेका हुन् ।

पहिरोले वडा नम्बर २ स्थित भोरकोट मदन मोटरमार्गमा अत्याधिक ढिस्को झर्ने र छेउबाट भासिएको भेटिएको, देउरालीबाट भित्री बाटोमा केही ठाउँमा पहिरो, छानुङ्गमा पहिरोले १ ओटा बंगुर पुरेको, वडा नम्बर घ स्थित चन्द्रज्योती माविको पछाडिको बाटो बिग्रेको र नजिकै रहेको बाख्रा फार्म भासिएको लगायत अर्चामबास जाने बाटो धेरै ठाउँमा पहिरो गएको भेटिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।

पहिरोले क्षती भएका अन्य वडाको सबै ठाउँको अनुगमन गरेपछि वर्षा रोकिनासाथ समाधान गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । पहिरोले अवरुद्ध भएको घिरिङको मुख्य सडक कृष्ण मोटरमार्ग भने पहिरो हटाएर सन्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू