साढेबगर सामुदायिक वनद्वारा उपभोक्ताको स्वास्थ्य विमा र पशुपालनकोलागि अनुदान

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार २४

देवघाट गाउँपालिका–५ स्थित साढेबगर सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ताहरुको स्वास्थ्य विमा गरेको छ । सो वन समुहले आर्थिक वर्ष ०८०÷८१ मा ३८ घरका उपभोक्ताको स्वास्थ्य विमा गरेको उपभोक्ता समुहकी अध्यक्ष टिकीसरा गुरुङले बताउनु भयो ।

यसैगरि उक्त वन समुहले गरिवी निवारण कार्यक्रम अन्तर्गत २१ जना उपभोक्तालाई पुशपालनकोलागि जनही १० हजारको दरले अनुदान रकम पनि उपलब्ध गराएको अध्यक्ष गुरुङले बताउनुभयो । उपभोक्ताहरुको हितकोलागि स्वास्थ्य विमा र पशुपालनमा अनुदान रकम उपलब्ध गराईएको अध्यक्ष गुरुङले बताउनुभयो ।

उपभोक्ताको स्वास्थ्य विमा गराई भोलीको दिनमा स्वास्थ्य उपचारमा खर्च हुने ठुलो धनराशी जोगाउन र पशुपालन गरि मनग्य आम्दानी गरि उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनको लागि यी कार्य गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

सो वन समुहले गत असार २१ गत वन क्षेत्रमा बृक्षारोपण समेत गरेको छ । समुहले भिरालो जमिनको संरक्षणकोलागि बन क्षेत्रमा बासको विरुवा रोपिएको जनाईएको छ । उक्त बासको संरक्षण गर्न सबै उपभोक्ताको कतव्र्य भएको हुँदा चौपायहरुलाई वन क्षेत्रमा चरण नगराउन अध्यक्ष गुरुङले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका