दमौली, असार २४
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा असार २८ गते चुँदी रम्घामा खुला कविता प्रतियोगिता, विद्यालय स्तरीय खुला कविता प्रतियोगिता र रामायण बाचन प्रतियोगिता हुने भएको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा हुने सो प्रतियोगितामा सहभागी हुनको लागि असार २६ गतेसम्म कार्यालय वा इमेल मार्फत नाम दर्ता गर्न सकिने समितिले जनाएको छ । कार्यक्रममा भने स्वयं आफै उपस्थित भई आफ्नो रचना वाचन गर्नुपर्ने हुन्छ ।
खुला कविता प्रतियोगितामा प्रथम पुरस्कार दश हजार, द्वित्तिय पुरस्कारः ७ हजार, तृतिय पुरस्कार हजार र सान्त्वना पुरस्कार दुई जनालाई जनही १ हजार ५ सय रुपैयाँ पुरस्कार र प्रमााणपत्र दिईने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताउनुभयो ।
यसैगरि विद्यालय स्तरीय खुला कविता प्रतियोगिता र खुला रामायण वाचन प्रतियोगिताका प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः जनही ५ हजार, ३ हजार, १ हजार र ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ । पुरस्कार असार २९ गते आदिकवि भानुभक्त जयन्तीको दिन आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिनेछ ।
यसैगरि सोही अवसरमा साहित्य, संस्कृती, कला र सन्चारको क्षेत्रमा योगदान पु¥याउने एक एक जनालाई पनि सम्मान गरिने कार्यकारी निर्देशक रानाभाटले बताउनुभयो ।