सुर्य नेपालद्वारा पहिरोबाट पिडित र प्रभावित परिवारलाई राहत

Devghat Online

शेयर गरौ

दमौली, असार २५

शुक्लागण्डकी नगरपालिका–६ काउरेमा पहिरोबाट पिडित तथा प्रभावित परिवारलाई सुर्य नेपाल प्रालिले राहत सामग्री वितरण गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको उपस्थितिमा सोमवार काउरेमा आयोजित कार्यक्रममा पिडित र प्रभावित ६ घर परिवारलाई खाद्यान्न, लत्ताकपडा, टेन्ट लगायतका सामग्री प्रदान गरिएको कम्पनीका मानव संसाधन प्रमुख अञ्जन दुवाडीले जानकारी दिए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, सुर्य नेपाल प्रालिका व्यस्थापक बाबुराम कार्की, शुक्लागण्डकी–७ का वडाध्यक्ष खड्ग सिं थापा मगर, वडा नम्बर ५ का अध्यक्ष एवम् विपद व्यवस्थापन समिति सभापति दिर्घ बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

यसैगरि नेपाल रेडक्रस सोसाईटी तनहुँले पहिरो पीडित र प्रभावितलाई राहत सामाग्री वितरण गरेको छ । रेडक्रसकर्मीहरुले सोमबार पीडित परिवारलाई भेटी राहत वितरण गरेको हो ।

शुक्रबार रातिदेखि परेको पानीले शनिबार काउरेमा हिरा नेपालीको घरमाथिबाट पहिरो जादा ३ जनाको मृत्यु भएको थियो । उक्त पहिरोमा स्थानीय ४० वर्षीया हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता