बन्दिपुरमा राष्ट्रिय परिचयपत्रको आवेदन फारम भरिने

Devghat Online

शेयर गरौ

दमौली, असार २५

बन्दिपुर गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्रको आवेदन फारम भरिने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागको प्राविधिक सहयोगमा बन्दिपुर गाउँपालिकाले असार २६ गते देखी साउन १६ गतेसम्मको लागि राष्ट्रिय परिचयपत्रको आवेदन फारम भर्न सकिने व्यवस्था मिलाएको हो ।

आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता र नेपाल सरकारबाट पेन्सन पाउने लाभग्राही सबैले राष्ट्रिय परिचयपत्रको फारम अनिवार्य रुपमा भर्नुपर्ने सरकारले निर्णय गरेको कारण लाभग्राही सबैले राष्ट्रिय परिचयपत्रको फारम भर्नुपर्ने भएको हो ।

बन्दिपुर गाउँपालिकाले मंगलबार सुचना प्रकाशन गरि राष्ट्रिय परिचयपत्र भर्नको लागि वडा स्तरमा मिति सहितको तालिकाको बारेमा सर्वसाधरणलाई जानकारी गराएको छ । सबै वडाको लागि फारम भर्ने स्थान गाउँपालिकाको कार्यालय तोकिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यका अनुसार असार २६ देखी २८ गतेसम्म वडा नम्बर ४ का लाभग्राहीलाई आवेदन फारम भर्न सकिने व्यवस्था मिलाईएको छ । त्यसैगरि असार ३० गते साउन १ गतेसम्म वडा नम्बर २, साउन २ देखी ४ गतेसम्म वडा नम्बर ३, साउन ६ देखी ८ गतेसम्म वडा नम्बर ४, साउन ९ देखी ११ गतेसम्म वडा नम्बर ५ का लाभग्राहीलाई, साउन १४ देखी १४ गतेसम्म वडा नम्बर ६ र साउन १५ र १६ गते सबै वडाका छुटफुट लाभग्राहीलाई भारम भर्ने व्यवस्था मिलाईएको छ ।

आवेदन फारम भर्नको लागि जेष्ठ नागरिकको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, विवाह दर्ता वा बसाईसरी आएमा बसाईसराई दर्ता प्रमाण–पत्रको सक्कल, तथा एकल महिला र विधवाको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, मृत्यु दर्ता र विवाह दर्ता प्रमाण–पत्रको सक्कल चाहिने छ ।

साथै पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, मृत्यु दर्ता, विवाह दर्ता, जन्म दर्ता प्रमाण–पत्रको सक्कल, अति अशक्त अपाङ्गताको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, बाबु आमाको नागरिकता, विवाह दर्ता र जन्मदर्ता प्रमाण पत्रको सक्कल र बालबालिकाको हकमा आमा बाबुको नागरिकता र जन्मदर्ता प्रमाण–पत्रको सक्कल अनिवार्य चाहिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न