अदुवा उत्पादक कृषकलाई घिरिङ गाउँपालिकाद्वारा नगद सहित सम्मान

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, असार २७

घिरिङ गाउँपालिकाले अदुवा उत्पादक कृषकलाई नगद ५ हजार सहित सम्मान गरेको छ । कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत १ हजार किलो भन्दा बढी अदुवा उत्पादन गर्ने वडा नम्बर ५ का ६९ जना किसानलाई जनही ५ हजार रुपैयाँको दरले अनुदान बितरण गरेको हो ।

बिहिवार वडा नम्बर ५ को कार्यालयमा आयोजित कार्यक्रम गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले कृषकलाई सो रकम हस्तान्तरण गरेका थिए ।

वडा अध्यक्ष बिष्णुविर आलेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कार्यपालिका सदस्य भुवन सिं बिक, वडा सदस्यहरु मनुराम थापा, डिलु थापा, कमला थापा, एमाले गाउँकमिटी अध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो । सो कार्यक्रम कृषि शाखा कर्मचारी करिस्मा ढकालले सन्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि