अदुवा उत्पादक कृषकलाई घिरिङ गाउँपालिकाद्वारा नगद सहित सम्मान

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, असार २७

घिरिङ गाउँपालिकाले अदुवा उत्पादक कृषकलाई नगद ५ हजार सहित सम्मान गरेको छ । कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत १ हजार किलो भन्दा बढी अदुवा उत्पादन गर्ने वडा नम्बर ५ का ६९ जना किसानलाई जनही ५ हजार रुपैयाँको दरले अनुदान बितरण गरेको हो ।

बिहिवार वडा नम्बर ५ को कार्यालयमा आयोजित कार्यक्रम गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले कृषकलाई सो रकम हस्तान्तरण गरेका थिए ।

वडा अध्यक्ष बिष्णुविर आलेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कार्यपालिका सदस्य भुवन सिं बिक, वडा सदस्यहरु मनुराम थापा, डिलु थापा, कमला थापा, एमाले गाउँकमिटी अध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो । सो कार्यक्रम कृषि शाखा कर्मचारी करिस्मा ढकालले सन्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण