म्याग्दे गाँउपालिकाको ६७ करोड ४९ लाख बजेट पारित

Devghat Online

शेयर गरौ

दमौली, असार २७

म्याग्दे गाँउपालिकाको आगामी आर्थिक वर्ष २०८१।०८२ को लागि ६७ करोड ४९ लाख २९ हजारको बजेट पारित भएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा विहिबार सम्पन्न १६ औ गाँउसभाको तेश्रो बैठकले उक्त बजेट सर्वसम्मतीले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । यस अघि गत असार १० गते गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले सो वजेट प्रस्तुत गरेका थिए । कुल बजेटमध्ये चालु तर्फ ६६.४५ प्रतिशत अर्थात ४४ करोड ८४ लाख २९ हजार र पुँजीगत तर्फ ३३.५५ प्रतिशत अर्थात २२ करोड ६५ लाख बाँडफाँड गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि खर्च व्यहोर्ने श्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समनिकरण अनुदान रु ९ करोड ४८ लाख, सशर्त चालु अनुदान रु १६ करोड १५ लाख, राजश्व वाँडफाँडवाट प्राप्त हुने ८ करोड ८४ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १ करोढ २० लाख ९२ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त हुने ६५ लाख ९० हजार प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

म्याग्दे गाउँपालिकाले यसअघि पारित गरेको नीति तथा कार्यक्रममा म्याग्दे गाउँपालिकालाई आगामी पाँच वर्ष भित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्य लिईएको छ । गाँउपालिकालाई स्मार्ट तथा नगरोन्मुख बनाउन ५ वर्ष भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम सन्चालन गरिने भएको छ । त्यस्तै आली देखि नालीसम्म, खाद्य स्वच्छता कायम गर्न बसे पनि शहर गाँउकै खाने रहर नारा लाई व्यवहारिक कार्यन्वयनका लागी कोदोको मम, कोदोको सेल, कोदाको रक्सी, फापरको रोटी, सिस्नुको सुप, बेलको जुस उत्पादन, बजारीकरण गरिने भएको छ । यसैगरि पशुसेवा तथा प्रसार कार्यक्रम अन्तरगत अध्यक्षसँग पशु सेवा कार्यक्रम सन्चालन गरिने भएको छ भने घरेलु तथा साना उद्योग तर्फका विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । जसमा स्थानीय सीप श्रोत, साधन एवं प्रविधिको प्रयोगलाई वढावा दिईने, व्यवसायिक उत्पादन गर्न अग्रसर गराउने उल्लेख गरिएको छ । स्थानिय वन पैदावर, प्राकृतिक स्रोत साधन, जडिवुटिमा आधारित उद्योगहरु स्थापना गरिने भएको छ ।

नीति तथा कार्यक्रममा पर्यटन, सहकारी विकास, बैक तथा वित्तिय क्षेत्रका विषय समेटिएका छन् । समाजिक विकास समिती तर्फ शिक्षा क्षेत्रलाई प्राथमिकता दिईएको छ भने साथीवाट सिक्ने, साथीलाई सिकाउने कार्यक्रमलाई विशेष महत्व दिईने उल्लेख गरिएको छ । स्वास्थ्य क्षेत्र तर्फ म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई स्वास्थ्यको मुल आधार बनाईने उल्लेख गरिएको छ ।

यसैगरि युवा तथा खेलकुद, महिला तथा वालवालिका र लक्षित वर्गको उत्थानमा विशेष जोड दिएको छ । अपाङ्गता, जेष्ठ नागरिक र अन्य तर्फका कार्यक्रमलाई उपाध्यक्षसँगको कार्यक्रममा जोडी अगाडी बढाईने उल्लेख गरिएको छ । खानेपानी तथा सरसफाई र फोहोरमैला व्यवस्थापन तर्फ प्रदेश सरकार र गाँउपालिकाको एउटै नाराको रुपमा रहेको एक घर एक धाराको नीतिलाई अबलम्वन गरिने भएको छ ।

भाषा र संस्कृतिक र साहित्य तर्फ स्थानिय मौलिक सांस्कृतिक पर्यटन र उत्पादन सँग जोडेर विकास गरिने उल्लेख गरिएको छ भने गैसस, नीजि क्षेत्र, सहकार्य साझेदारी कार्यक्रमलाई निरन्तरता दिईने उल्लेख छ । त्यसैसगरि समग्र पुर्वाधार जन्य कार्य प्रक्रियाको सम्वन्धमा नीति तथा कार्यक्रममा समेटिएको छ भने, सडक तथा पुल कल्भर्ट र झोलुङ्के पुल निर्माण, भवन तथा शहरी विकास तर्फका कार्यक्रमहरु समावेश गरिएका छन् । पालिकामा जग्गा चक्लावन्दी तथा बस्तीविकास योजना लाई व्यवस्थित गरिने, विद्युत तथा उर्जा क्षेत्रलाई प्रभावकारी वनाईने, सिंचाईलाई व्यवस्थित गरिने, सन्चार र प्रविधिको भरपुर प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरि वन, तथा वातावरणको क्षेत्र विपद व्यवस्थापन, भुमि व्यवस्थापनको क्षेत्रलाई नीति तथा कार्यक्रमले विशेष जोड दिएको छ । न्यायिक सम्पादन तर्फ राजश्व परिचालनलाई प्रभावकारी बनाउने, वित्तीय अनुशासन कायम गर्ने, समाजिक सुरक्षाको क्षेत्रलाई ध्यान दिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म