किन भईरहेकोछ देवघाट गाउँपालिकाको भवन हस्तान्तरणमा ढिलाई ? ठेकेदारहरुको आन्तरिक समस्या मुख्य कारण

Devghat Online

शेयर गरौ

देवघाट, साउन २

देवघाट गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवन हस्तान्तरण गर्न निर्माण कम्पनी रविना÷अविसा जेभी काठमाडौंलाई दुई पटक सम्म अनुरोध गरेको छ । पहिलो पटक गत २०८० चैत २६ गते गाउँपालिकाले उक्त निर्माण कम्पनीलाई चैत मसान्त भित्र भवन बुभबुझारथ गर्न पत्राचार गरेको थियो । बैशाख १ गते देखी नै गाउँपालिकाको सेवा नयाँ भवनबाट सन्चालन गर्ने निर्णय अनुसार चैत मसान्त भित्रमा भवन बुझाउन पत्राचार भएको थियो ।

तर त्यसबेला निर्माण कम्पनीले केही काम बाँकी रहेको भन्दै असार मसान्त भित्रमा भवन बुझाउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता बमोजिम देवघाट गाउँपालिकाले हाल भाडामा सन्चालन गरेको भवन असार मसान्तसम्म मात्र प्रयोग गर्ने निर्णय गरि सोही अनुसार भाडा सम्झौता गरेको थियो ।

तर प्रतिबद्धता अनुसार निर्माण कम्पनीले असार मसान्तमा नवनिर्मित भवन गाउँपालिकालाई बुझबुझारथ नगरेपछि गाउँपालिकाले असार ३१ गते दोश्रो पटक निर्माण कम्पनी रविना÷अविसा जेभीलाई पत्र पठाई तिन दिन भित्र भवन बुझबुझारथ गर्न निर्देशन दिएको थियो ।

गाउँपालिकाको पत्र अनुसारको तिन दिनको अल्टिमेटम सकिएको छ तर पनि निर्माण कम्पनीले भवन बुझाएको छैन । निर्माण भईसकेको भवन हस्तान्तरणमा किन ढिलाई भईरहेको छ भन्ने बारेमा गाउँपालिकाले गाउँपालिकाबासीलाई प्रष्ट पार्न सकेको छैन ।

गाउँपालिका आफै यस्तो किन भईरहेको छ भन्ने बारेमा अन्यौलमा रहेको प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताए । उनका अनुसार ठेक्का सम्झौता गर्ने निर्माण कम्पनीले अर्काे दोश्रो पक्षलाई निर्माणको काम दिएको र उक्त दोश्रो पक्षलाई दिनुपर्ने भुक्तानी नदिँदा यो समस्या आएको हो । जानकारहरुका अनुसार ठेकेदारहरुको आन्तरिक समस्याको कारण गाउँपालिका भवन समयमा हस्तान्तरण हुन सकिरहेको छैन ।

गाउँपालिकाको भवन बुझाउने अल्टिमेट सकिएको छ । तर भवन बुझाउनको सट्टामा निर्माण कम्पनीकै प्रनिनिधिले बुधबार गाउँपालिका भवनको मुख्य गेटमा भोटे ताल्चा लगाईदिएका छन् । भवन निर्माण सम्झौता गरेको रविना÷अविसा जेभीले निर्माणको काम दोश्रो ठेकेदार पक्षलाई दिए पनि काम अनुसारको भुक्तानी नदिँदा दोश्रो ठेकेदार पक्षले भवनमा ताला लगाएको छ । दोश्रो पक्षका प्रतिनिधि अमृत शर्मा पक्षले भुक्तानी नपाएको कारण गाउँपालिकाको भवनमा ताला लगाएको बताइएको छ ।

यता निर्माण कम्पनी रविना÷अविसा जेभीका आधिकारिक प्रतिनिधि दिपेश बस्नेतले भने भवन हस्तान्तरण गर्न आफुहरुलाई कुनै समस्या नरहेको बताए । उनले अव १५ दिन भित्रमा भवन गाउँपालिकालाई हस्तान्तरण गरिने प्रतिबद्धता जनाए । गाउँपालिकाले भवन भित्र फर्निचर डेकोरेशनको काम गरिरहेको हुँदा उक्त डेकोरेशन सकिएपछि अन्तिम पटक मार्वल पुछेर भवन बुझबुझारथ गर्ने बस्नेतले बताए । उनले गाउँपालिकाबाट अन्तिम किस्ता वापतको करिब ३० लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको पनि बताए ।

भवनमा लिफ्ट सन्चालन गर्ने भएपछि विद्युतको थ्रीफेज लाईन जोड्ने प्रक्रियाको केही काम बाँकी रहेको उनले बताए । थ्रीफेज लाइन जोड्ने काम पुरा नहुँदा लिफ्टको चेक जाँच गर्न नपाईएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

देवघाट गाउँपालिकाले प्रशासकीय भवन बरबुझारथ गर्न निर्माण कम्पनी रविना÷अविसा जेभी काठमाडौंलाई गत असार ३१ गते दोश्रो पटक पत्र पठाउँदै तिन दिन भित्र भवन बरबुझारथ गर्न अल्टिमेटम दिएको थियो । यदि उक्त समयसिमामा समेत भवन बरबुझारथ नगरेमा फर्मलाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाईने गाउँपालिकाले जनाएको छ ।

देवघाट गाउँपालिका प्रशासनिक भवन निर्माण योजनाको लागि उक्त फर्म र गाउँपालिका कार्यालय बीच २०७७ असार २२ गते भएको सम्झौता बमोजिम २०७९ असार १८ गते सम्पन्न गर्नुपर्नेमा उक्त अवधिमा विविध कारणले निर्माण कार्य सम्पन्न हुन नसकी पटक पटक म्याद थप हुँदै पछिल्लो पटक थप भएको म्याद समेत २०८० माघ मसान्तमा सकिएको थियो । गाउँपालिकाले हाल भाडामा लिएर सन्चालन गरेको भवन साउन १ गतेदेखी छोडी सम्पूर्ण सेवा नवनिर्मित भवनबाट सञ्चालन गर्ने तयारी गरिएको थियो । साउन पहिलो साताबाट नयाँ भवनबाट सेवा सन्चालन गर्ने तयारीका साथ गाउँपालिकाले नयाँ भवनमा रुद्री समेत लगाईसकेको छ ।

वडा नम्बर ५ को क्युँदीमा २५ रोपनी क्षेत्रफलको जग्गामा २०७७ असारबाट भवन निर्माण सुरु गरिएको थियो । सुरुमा २ वर्षको लागि निर्माण सम्झौता गरिएको उक्त भवनको प्रत्येक पटक ६ महिनाको म्याद थप्दै यही माघ मसान्त अन्तिम मिति तोकिएको थियो । कुल सात करोड ५० लाख ४९ हजार ५ सय ८० रुपैयाँको लागत इस्टमेट रहेपनि टेन्डर प्रक्रिया मार्फत काठमाडौं स्थित रविना अविसा जेभीसँग ५ करोड ४१ लाख ४९ हजार ५ सय ८० रुपैयाँमा निर्माण सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने