भानुका मृगौला पिडित मझकोटीलाई नेकपा एमालेकोआर्थिक सहयोग

Devghat Online

शेयर गरौ

असार ४, भानु

दुवै मृगौलाले काम नगरेको अवस्थामा उपचार गर्दै आएका तनहुँको भानु नगरपालिका वडा नं २ का राजेश‌ मझकोटीको उपचारको लागी नेकपा एमाले भानु नगर कमिटिको सक्रियतामा आर्थिक सहयोग प्रदान गरिएको छ ।

भानु नगरपालिका वडा नं २ घर भई अमेरिकामा बस्ने केशवराज लोहनीको सक्रियतामा ६० जना नेपालीबाट संकलन भएको ३ लाख १८ हजार २ सय ५० रुपैयाँ र भानु नगर कमिटिको संकलनमा रु ३१ हजार ५ सय १५ समेत गरि ३ लाख ४९ हजार ७ सय ६५ रुपैयाँ रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको नेकपा एमाले भानु नगर कमिटी अध्यक्ष शंकर रानाभाटले जानकारी दिए।

उक्त रकम मृगौला पीडित राजेशकी श्रीमती सरिता मझकोटीलाई हस्तान्तरण गरिएको हो । नेकपा एमाले भानु नगर कमिटी अध्यक्ष शंकर‌ रानाभाटले लोहनी संग पहल गरी उनले अमेरिका बसोबास गर्दै आएका नेपालीहरु संग आर्थिक संकलन गरेको जानकारी दिए ।

३९ बर्षिया राजेश मझकोटी २ बर्षदेखि दुवै मृगौला फेल भएर उपचार गराइरहेका छन् । उनी दमौलीस्थित अस्प्तालमा डाइलसिस गराइरहेकी छन् । ‘काठमाडौंका पोखरा र चितवनका अधिकांश अस्पताल चहारें । पैसा सकियो रोग निको भएन’ उनले भनिन्, ‘सहयोग पाए उपचार गरेर बाँच्ने ठूलो रहर छ ।’ सरकारले मृगौला पीडितको डायलिसिस गर्दा शुल्क नलाग्ने भनेपनि महंगोमा इन्जेक्सन र औषधी किन्नुपरेको उनको‌ भनाई छ । सरकारले निशुल्क डायलसिस हुन्छ भनेको छ । औषधि र इन्जेक्सन किन्दा हप्तामा ४ हजार बढी खर्च हुने गरेको छ’ उनले भनिन् ।

पत्नी सरिताले परिवारमा आम्दानीको कुनै स्रोत नभएकाले डायलसिस गर्न पनि गाह्रो परेको बताईन। सबैबाट सहयोग पाएमा पतिलाई मृगौला प्रत्यारोपण गरेर बचाउन चाहेको उनले बताईन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता