एसपी बोहोराको पाँच महिने कार्यकालः ३७८ वटा अपराधका घटनामा मुद्धा दर्ता

Devghat Online

शेयर गरौ

दमौली, साउन ५

जिल्ला प्रहरी कार्यालय तनहुँले २०८० फागुन ७ गतेदेखी २०८१ साउन ४ गतेसम्म तनहुँमा सबै प्रकारका अपराधमा ३७८ घटना दर्ता गरेको छ । उक्त घटना मध्ये २२२ वटा घटना फछ्र्यौट भई १५५ वटा घटना बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखको रुपमा सरुवा भएर आएका एसपी अपिलराज बोहोराको पाँच महिने कार्यकालमा उक्त संख्या अपराधको घटनामा मुद्धा दर्ता गरिएको हो ।

यसमध्ये सबैभन्दा बढि लागु औषधमा ४५ वटा घटनाको मुद्धा दर्ता भएको छ । उक्त घटनामा ६३ जना पुरुष र २ जना महिला गरि ६५ जना तथा १० वटा जुवातास नियन्त्रणको घटनामा ७३ पुरुष र ७ जना महिला गरि ८० जनालाई पक्राउ गरि मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसैगरि बैंकिङ कसुरमा ५६ वटा घटनामा मुद्धा दर्ता भएको छ ।

एसपी बोहोराको पाँच महिने कार्यकालमा फैसला कार्यान्वयन तर्फ ५८ पुरुष र १६ जना महिला गरि ७४ जना पक्राउ परेका छन् । उनीहरु पक्राउ परेपछि ४ वर्ष २ महिना कैद कार्यान्वयन र १५ लाख ६९ हजार ९९६ रुपैयाँ जरिवाना असुल भएको छ ।

साथै यो अवधिमा कतव्र्य ज्यानको घटनामा ५, ज्यानमार्ने उद्योगमा २, आत्महत्या दुरुत्साहनमा १, डाँकाचोरीमा १, नकवजनी चोरीमा ६, साधरण चोरीमा १३, ठगी सम्बन्धी कसुरमा ८, सार्वजानिक हित तथा अभद्र व्यवहार कसुरमा १०७, मानव बेचविखनमा १, बहुविवहामा २, जबजस्ती करणीमा १३, करणी उद्योगमा १, बालयौन दुरुपयोगमा ४, सवारी ज्यानमा ४, ज्यान सम्बन्धी कसुरमा ३ वटा मुद्धा दर्ता भएको छ ।

एसपी बोहोराको शनिबार राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा राप्रपा अध्यक्ष लिङदेनः नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ

देवघाट, माघ २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका