पुष्पलाल स्मृति दिवसमा दमौलीमा रक्तदान

Devghat Online

शेयर गरौ

दमौली, साउन ७

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास नगर कमिटीले सोमबार दमौलीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

व्यास–३ स्थित अनसन चौतारीमा भएको सो रक्तदान कार्यक्रममा २२ जना व्यक्तिले रक्तदान गरेका थिए । नेकपा एमाले व्यास नगर कमिटी तनहुँका अध्यक्ष तुल्सीराम पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रमको नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य एक बहादुर रानाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले रक्तदान गर्नु जिवनदान सरह भएको भन्दै विरामीलाई पनि रगत दिएर बचाउन सकिने भएको हुँदा यो अति नै पुण्यको काम भएको बताए ।

उक्त कार्यक्रममा नेकपा एमाले पूर्व केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेश कमिटी सदस्य देवु विष्ट, जिल्ला कमिटी अध्यक्ष हरिराज कँडेल, उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी, नेकपा एमालेका नेता शंकरनारायण श्रेष्ठ, प्रदेश कमिटी पूर्व सदस्य श्रीराम कार्की, जिल्ला कमिटी सदस्यहरु निर्मल पण्डित, कुल बहादुर थापा, वेद कुमारी वाग्ले, सरु कुमाल, भिम बहादुर गुरुङ्ग, राष्ट्रिय युवा संघ नेपाल तनहुँ अध्यक्ष मदन तिमल्सेना, प्रेस चौतारी नेपाल तनहुँ अध्यक्ष राजकुमार श्रेष्ठ विवि, व्यास–४ का वडा अध्यक्ष मन बहादुर गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले व्यास नगर कमिटीका सचिव रामचन्द्र अधिकारीले सञ्चालन गरेका थिए भने स्वागत कमिटीका उपाध्यक्ष चिज बहादुर गुरुङ्गले गरेका थिए । संकलित २२ पिन्ट रगत दमौली अस्पताललाई हस्तान्तरण गरिएको कमिटीका उपसचिव सुदिप पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा