१० लाख बिरुवा लगाउने अभियानअन्तर्गत भानुमा वृक्षारोपण

Devghat Online

शेयर गरौ

दमौली, साउन ७

देशैभर १० लाख बिरुवा लगाउने अभियानअन्तर्गत भानु नपा ११ मा वृक्षरोपण थालिएको छ । लुम्बिनी विश्व शान्ति मन्चको सकृयता र कम्युनिटी लिडरशीप नेपालको सहकार्यमा वडा नम्बर ११ स्थित त्रिभुवन मावि प्राङ्गणमा आइतबार वृक्षरोपण थालिएको हो ।

भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले वृक्षरोपण शुरुवात गर्दै भानुलाई लिची र आँपको पकेट क्षेत्र बनाइने घोषणा गरे । कार्यक्रममा १०३ वटा आँप लिची, अम्बा, बयर स्टारफ्रुट र जामुन प्रजातिका बिरुवा रोपण गरिएको विद्यालयका प्रधानाध्यापक हिरामणी ढुंगानाले जानकारी दिए ।

ग्रीन आर्मी नेपालका सदस्य तथा स्थानीय जनप्रतिनिधिले वृक्षरोपणमा सघाएका थिए । लुम्बिनी विश्व शान्ति मन्चले हालसम्म देशभर लगाएको १ लाख बढी बिरुवा हुर्किसकेको अध्यक्ष बासु गौतमले बताए । मन्चले जलवायु जोखिम कम गर्न देशैभर वृक्षरोपण र रुख संरक्षण अभियान सन्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय