१० लाख बिरुवा लगाउने अभियानअन्तर्गत भानुमा वृक्षारोपण

Devghat Online

शेयर गरौ

दमौली, साउन ७

देशैभर १० लाख बिरुवा लगाउने अभियानअन्तर्गत भानु नपा ११ मा वृक्षरोपण थालिएको छ । लुम्बिनी विश्व शान्ति मन्चको सकृयता र कम्युनिटी लिडरशीप नेपालको सहकार्यमा वडा नम्बर ११ स्थित त्रिभुवन मावि प्राङ्गणमा आइतबार वृक्षरोपण थालिएको हो ।

भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले वृक्षरोपण शुरुवात गर्दै भानुलाई लिची र आँपको पकेट क्षेत्र बनाइने घोषणा गरे । कार्यक्रममा १०३ वटा आँप लिची, अम्बा, बयर स्टारफ्रुट र जामुन प्रजातिका बिरुवा रोपण गरिएको विद्यालयका प्रधानाध्यापक हिरामणी ढुंगानाले जानकारी दिए ।

ग्रीन आर्मी नेपालका सदस्य तथा स्थानीय जनप्रतिनिधिले वृक्षरोपणमा सघाएका थिए । लुम्बिनी विश्व शान्ति मन्चले हालसम्म देशभर लगाएको १ लाख बढी बिरुवा हुर्किसकेको अध्यक्ष बासु गौतमले बताए । मन्चले जलवायु जोखिम कम गर्न देशैभर वृक्षरोपण र रुख संरक्षण अभियान सन्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले