भानु नगरपालिकाले कक्षा ६ सम्मका विद्यार्थीलाई दिवाखाजाको प्रबन्ध गर्ने

Devghat Online

शेयर गरौ

दमौली, साउन ७

भानु नगरपालिकाले कक्षा ६ सम्मका विद्यार्थीलाई दिवाखाजाको प्रबन्ध गर्ने भएको छ । नेपाल सरकारबाट बालविकास केन्द्रदेखी कक्षा ५ सम्मका बालबालिकालाई दैनिक १५ रुपैयाँको दरले दिवाखाजाको रकम निकासा भएकोमा नगरपालिकाले त्यसमा ५ रुपैयाँ थप गर्ने र कक्षा ६ का विद्यार्थीलाई पनि सोही रकमको दिवा खाजाको प्रबन्ध गर्ने नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए ।

नेपाल सरकारको सशर्त कार्यक्रमको रुपमा बालबालिकाको भर्नादरमा वृद्धि, विद्यालयमा निरन्तरता, पोषण अवस्थामा सुधार र शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने उद्देश्यले संघीय सरकारबाट दिवाखाजा कार्यक्रम अन्तर्गत बाल विकास केन्द्र देखि कक्षा ५ सम्मका बालबालिकाका लागि दिवाखाजा कार्यक्रममा प्रति विद्यार्थी प्रतिदिन रु.१५ का दरले कुल १८० दिनको रकम निकासा भई आएकोमा भानु नगरपालिकाको १४ औं नगरसभाबाट यस कार्यक्रममा नगरपालिकाको आन्तरिक स्रोतबाट साविक दिवा खाजा कार्यक्रममा रु.५ का दरले रकम थप गर्ने तथा कक्षा ६ सम्म विस्तार गर्ने निर्णय भएको पौडेलले बताए ।

बालबालिकालाई खाजा खुवाउँदा नगरपालिकाबाट उपलब्ध गराइएको दिवाखाजाको मेनुलाई पूर्णरुपमा कार्यान्वयन गर्ने गराउने तथा सो बमोजिम भएको छ छैन यस सम्बन्धमा विद्यालय व्यवस्थापन समितिबाट प्रभावकारी अनुगमन सुपरीवेक्षण तथा आवश्यक सल्लाह सुझाव तथा निर्देशन दिने निर्णय नगरसभाले गरेको पौडेलले बताए ।

साथै दिवाखाजा कार्यक्रमका लागि नगरपालिकाबाट उपलब्ध गराइएको भान्साका सामग्री (भाँडाकुँडा) प्रयोग गरी विद्यालयमा नै खाजा बनाउनु हुन तथा दिवा खाजा बनाउँदा बालबालिकाको स्वास्थ्य, अर्गानिक खाना, स्थानीय कच्चापदार्थ तथा उत्पादनलाई विशेष प्राथमिकता र सरसफाइलाई ध्यान दिनु हुन पनि सबै विद्यालयलाई निर्देशन दिईएको पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसको प्रशासकीय भवन निर्माणको लागि सम्झौता

दमौली, कार्तिक १३ व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुने प्रशासकीय भवन निर्माणका लागि

बन्दिपुरमा सयपत्री फूलको व्यवसायी खेती, बजार व्यवस्थापनको मुख्य समस्या

दमौली, कार्तिक १३ बन्दिपुर गाउँपालिका–५ का थुम्काका कृषक तामप्रसाद भट्टले सयपत्री फूलको व्यवसायीक खेती गरेका