पुष्पलाल स्मृति दिवसमा घिरिङमा बृक्षारोपण

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, साउन ७

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अबसरमा नेकपा एमाले घिरिङ गाउँकमिटीले सोमबार बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

वडा नम्बर ४ गडौलिटार स्थित महेन्द्रज्योती माविको प्राङ्गणमा आयोजित सो बृक्षारोपण कार्यक्रमको नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य एवं घिरिङ गाउँ पालिकाका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरेका थिए ।

नेकपा एमाले घिरिङ गाउँ कमिटिका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका सदस्यहरु तथा गाउँ कमिटिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा कपुर, कल्की र बिरेन्द्रफुल गरि जम्मा १ सय २० बिरुवा रोपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक