व्यास नपाले दमौली बजारको फोहोर कार्यालय परिसरमै व्यस्थापन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, साउन ८

व्यास नगरपालिकाले अर्काे व्यवस्था नहुँदासम्म नकुहिने फोहोर कार्यालय परिसरमै व्यवस्थापन गर्ने भएको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले हाल कुहिने र नकुहिने फोहोर सङ्कलनलाई श्रोतबाटै वर्गीकरण गरिएकोमा नकुहिने पुनः प्रयोगमा आउने सामग्री व्यवस्थापन गर्ने जग्गा खरिद प्रकृया चलिरहेकाले सोको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म नगरपालिका कार्यालय प्राङ्गण भित्रै नकुहिने फोहोर व्यवस्थापन गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न सो बैठकले व्यास नगरपालिका भित्र हालसालै आएको बाढी, पहिरो, हावाहुरीबाट प्रभावित विद्यालय, घर, गोठ, कुला, खेत लगायतका विषयमा पिडितहरुलाई राहत उपलब्ध गराउने, खोला नदीको मापदण्ड स्पष्ट गर्ने, जिल्ला विपद्बाट सम्बोधन हुन नसक्ने पिडितहरुलाई सम्बन्धित वडाको प्राविधिक प्रतिवेदन समेत लिई सहयोग पुरÞ्याउने निर्णय गरेको छ ।

सैगरि व्यास नगरपालिका घर नक्सा कायम एवं अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८१ पारित गर्ने र नगर भित्रका विपन्नहरुको घरबास सहयोग सम्बन्धी कार्यविधि निर्माण गरी आगामी बैठकमा पेश गर्न विधायन समितिलाई निर्देशिन दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता जिवन गुरुङद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

त्यसैगरि ४१ औं नगर सभाले कार्यपालिकालाई प्रत्यायोजन गरेको अधिकार अनुसार नगरपालिका भित्र गठित विभिन्न समिति, उपसमितिमा रहेर विगत २ वर्ष सेवा पुरÞ्याएका सबै समितिका पदाधिकारीलाई धन्यवाद दिदै विभिन्न समितिका संयोजक तोक्ने निर्णय गरेको छ । जस अनुसार पूर्वाधार विकास समिति संयोजकमा वडा नमबर ९ का अध्यक्ष सुरेश थापा, नगर खेलकुद समिति संयोजकमा वडा नम्बर ६ का अध्यक्ष जीवन गुरुङ, आर्थिक विकास समिति संयोजकमा वडा नम्बर १० का अधयक्ष खेमराज पोखेल, सार्वजनिक सेवा तथा सुशासन समिति संयोजक वडा नम्बर ११ का अध्यक्ष दलबहादुर दुरा, विधायन समिति संयोजक वडा नम्बर १ का अध्यक्ष रमेशचन्द्र हड्खले, सरसफाई जग्गा व्यवस्थापन समिति संयोजक वडा नम्बर १३ का अध्यक्ष बसन्त आले, लेखा समिति संयोजक वडा नम्बर ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ, सामाजिक विकास समिति संयोजक कार्यपालिका सदस्य चन्द्रमाया परियार तथा वन तथा वातावरण समिति संयोजक कार्यपालिका सदस्य रनसिं नेपाली रहेका छन् ।

यसैगरि बैठकले संघीय बजेट अन्तर्गत प्राप्त हुन आएको माध्यमिक तहको २० दरबन्दी र आधारभूत तहको ५ दरबन्दी गणित, विज्ञान, अग्रेजी विषयको शिक्षक अनुदान सहयोगमा यस अघिको दरबन्दीलाई कायमै राखी माधयमिक तहमा कक्षा ९ चलेकोमा २ दरबन्दी, कक्षा १० चलेकोमा अधिकतम ३ दरबन्दी र माध्यमिक तह चलेकोमा यदि यस अघि आधारभूत दरबन्दीमा रहेको भए सो दरबन्दी अन्य आवश्यक आधारभूत विद्यालयमा स्थानान्तरण गर्ने गरी दरबन्दी वितरण गर्ने निर्णय गरेको छ भने दमौली अस्पताल सर्पदशंको उपचार सञ्चालन गर्न आवश्यक पूर्वाधारमा सहयोग पुरÞ्याउने निर्णय समेत भएको प्रवक्ता गुरुङले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न