बोस्टन कलेज भरतपुरले सुरु गर्यो बिएचएमको कोर्स

Devghat Online

शेयर गरौ

चितवन  साउन ०९ । भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) कोर्स सुरु गरेको छ । बिबिए, बिबिए–फाइनान्स, बिसिएस आइटी र एमबिएमा गोल्डमेडलिस्टसहितको उत्कृष्ट नजिता दिँदै आएको बोस्टन इन्टरनेसनल कलेजले बिएचएम कोर्स पनि सुरु गरेको हो । पोखरा विश्वविद्यालयमा सम्बन्धनप्राप्त बोस्टनले १५ वर्षदेखि अध्यापन गराउँदै आएको छ ।

बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई सघाउ पुर्‍याउने उद्देश्यले नयाँ कार्यक्रम थपेको बताए । विद्यार्थीलाई दक्ष बनाउन प्रयोगात्मक कक्षामा विदेशी प्राध्यापकलाई कलेजमा जोडेको उनले जानकारी दिए । कलेजले आइटिसी होटेलमा ३० वर्षभन्दा बढी अनुभव हासिल गरेका मनोज विरमानीलाई अनुबन्ध गरिसकेको जानकारी दिँदै अध्यक्ष चन्दले पाँचतारे होटेलहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा हुने सम्पूर्ण सुविधा र पूर्वाधारसमेत तयार गरेर बिएचएम कोर्स सुरु गरेको बताए ।

अगस्टदेखि सुरु हुने बिएचएम कार्यक्रममा कलेजले विद्यार्थीलाई होटल व्यवस्थापन, कार्यक्रयम योजना, खाना तथा पेय व्यवस्थापन लगायत अतिथि सत्कारका भूमिका बारे अध्ययन गराउने बिएचएम कार्यक्रयमका सह–संयोजक बिमल अर्यालले जानकारी दिए । उनका अनुसार कलेजले विद्यार्थीलाई नेपाल र विदेशका पाँच तारेहोटलहरुमा इन्टर्नशिप र रोजगारको ग्यारेन्टी गर्ने लक्ष्य लिएको छ ।

जसमा चीन, दुबइ, कतार, बहराइन, युरोप, अमेरिका, र अष्ट्रेलिया जस्ता देशहरूका प्रतिष्ठित होटलहरुमा विद्यार्थीहरुलाई रोजगार व्यावस्थापन गर्नको लागी होटलसँग समझदारी गर्ने क्रममा रहेको अर्यालले बताए । भरतपुर महानगरपालिकाका पर्यटन सल्लाहकार डा विश्व सुवेदीले नेपालको संस्कृति, सभ्यातासँग जोडिएको शिक्षालाई कलेजले पाठ्यक्रममा राखेर यस क्षेत्रका विद्यार्थीमा नयाँ उत्साह थपेको बताए । कलेजले नेपालमा हस्पिटालिटी शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु