घिरिङका कृषकलाई हाते ट्याक्टर वितरण

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, साउन १३

घिरिङ गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । आइतबार गाउँपालिका कार्यालयको प्राङ्गणमा एक कार्यक्रम आयोजना गरि गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले कृषकलाई ५० प्रतिशत अनुदानको उक्त हाते ट्याक्टर हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले गत आर्थिक वर्ष ०८०÷८१ को कृषि यन्त्र तथा औजार बितरणमा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत कुल १९ लाख ६८ हजार बजेटमा ३२ वटा हाते ट्याक्टर खरिद गरेको थियो । प्रती ट्याक्टरको मुल्य ६१ हजार ५ सय रहेकोमा गाउँपालिकाले ५० प्रतिशत अनुदान व्यहोर्ने गरि छनौट भएका कृषकले ३० हजार सात सय पचास कृषकले ब्यहोरेको गाउँपालिकाका कृषि शाखाका प्रमुख रवि रामदामले जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै घिरिङ गाउँपालिका अध्यक्ष थापाले अनुदानमा प्राप्त कृषि औजारको पुर्ण सदुपयोग हुनु पर्ने बताए । उनले अनुदानको नाममा बाबुको, दाईको वा भाईको नामबाट झुक्याएर अनुदान लिने कोहि छन् भने त्यस्तो गतिविधि नगर्न आग्रह गरे ।

गाउँपालिकाले सबैलाई समान ढङ्गले अनुदान दिएको भन्दै अध्यक्ष थापाले उत्पादनको आधारमा कृषकलाई गाउँपालिकाले सम्मान स्वरुप सहयोग अनि अनुदान पनि सोही अनुसार वितरण गरेको बताए । अनुदानमा प्राप्त सामाग्री सहि तरिकाले सदुपयोग गर्न अनुरोध गर्दै अध्यक्ष थापाले अनुदानको हाते ट्याक्टरको कहिँकतै दुरुपयोग गरेको पाइएमा अन्य सेवा सुबिधाबाट बन्चित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको