चितवनमा कारले ठक्कर दिंदा तनहुँका सैनिक जवानको मृत्यु

Devghat Online

शेयर गरौ

चितवन, साउन १६

भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ ।

नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । उनी तनहुँ भानु नगरपालिका १२ का स्थायी बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन् ।

मंगलबार राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेका उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक