छुट्टै फिडरबाट विद्युत सप्लाई गरिएपछि देवघाटमा अव विद्युत अवरुद्ध नहुने

Devghat Online

शेयर गरौ

देवघाट, साउन १६

तनहुँको देवघाटमा अव विद्युत अवरुद्ध नहुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपर वितरण केन्द्रले बुधबार सुचना प्रकाशन गरि देवघाटमा अव विद्युत अवरुद्ध नहुने जानकारी दिएको हो ।

यसअघि आपटारी सबस्टेशनबाट देवघाट, रामनगर, जुगेडी हुदै उपरदाङगढी मायाटारसम्म एउटै फिडरबाट विद्युत सप्लाई गरिरहेकोमा हाल देवघाट क्षेत्रलाई मात्रै छुट्टै फिडरबाट विद्युत सप्लाई सुरु गरिएको हुँदा अव देवघाट क्षेत्रमा विद्युत अवरुद्ध नहुने भरतपुर वितरण केन्द्रले जनाएको हो ।

यस अघि देवघाट, रामनगर, जुगेडी, उपरदाङगढी र मायाटारसम्म एउटै फिडरबाट विद्युत सप्लाइ गरिँदा देवघाट क्षेत्रको कारण उपरदाङगढी तिर र उपरदाङगढीको कारण देवघाटतिर विद्युत अवरुद्ध हुँदै आएको थियो ।

तारन्तार विद्युत अवरुद्ध हुन थालेपछि देवघाटबासीको अनुरोधमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनमा हालै देवघाट क्षेत्रमा छुट्टै्र फिडरबाट विद्युत सप्लाई सुरु गरिएको कारण अव देवघाटमा विद्युत अवरुद्ध नहुने भरतपुर वितरण केन्द्रले जनाएको हो । यो कार्य सम्पन्न गराउन खटिएका प्राविधिकहरुलाई भरतपुर वितरण केन्द्रले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू