देवघाटको नयाँ भवनमा पहिलो कार्यपालिका बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, साउन १६

देवघाट गाउँपालिकाका नवनिर्मित प्रशासकीय भवनमा बुधबार पहिलो पटक कार्यपालिकाको बैठक सम्पन्न भएको छ । उक्त प्रशासकीय भवन निर्माण पुरा भई हस्तान्तरणको प्रक्रिया बाँकी भएपनि बुधबार पहिलो पटक कार्यपालिकाको बैठक राखिएको प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताए ।

उक्त कार्यपालिकाको बैठकले जतिसक्दो चाँडो भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई अनुरोध गरेको छ । बैठक नियमित रहेको र अन्य खासै महत्वपुर्ण निर्णय नभएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

सो भवनमा गाउँपालिकाका केही शाखाहरु सारिसकिएको छ भने अव चाँडै नै अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीयको कार्यकक्ष र लेखा सहितका महत्वपुर्ण शाखाहरु स्थान्तरण गरि पुर्ण रुपमा भवनबाटै सेवा सन्चालन गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । भवनको भित्री केही कोठाहरुमा कार्पेट विच्छ्याउने काम बाँकी रहेको र बाहिरी कम्पाउन्डको काम पनि केही बाँकी रहेको बताईएको छ । उक्त काम सकिएलगत्तै सबै शाखाहरु उक्त भवनबाट नै सन्चालन गर्ने तयारी भएको छ ।

वडा नम्बर ५ को क्युँदीमा २५ रोपनी क्षेत्रफलको जग्गामा २०७७ असारबाट भवन निर्माण सुरु गरिएको थियो । सुरुमा २ वर्षको लागि रविना÷अविसा जेभी काठमाडौंसँग निर्माण सम्झौता गरिएपनि गत असार मसान्तसम्म म्याद थपिएको थियो । कुल सात करोड ५० लाख ४९ हजार ५ सय ८० रुपैयाँको लागत इस्टमेट रहेपनि टेन्डर प्रक्रिया मार्फत ५ करोड ४१ लाख ४९ हजार ५ सय ८० रुपैयाँमा निर्माण सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न