देवघाटमा शुक्रबारबाट प्रथम देवपुर सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

देवघाट, साउन १७

देवघाट गाउँपालिका–५ मा आजबाट सेन्ट्रल कलेज प्रथम देवपुर सेभेन ए साइड खुला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । गाउँ सुधार समिति देवघाट–५ को आयोजनामा हुन लागेको सो प्रतियोगताको बारेमा विहिबार देवघाटमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

उक्त प्रतियोगितामा ४० टिमको सहभागिता हुने देवपुर गाउँ सुधार समितिका अध्यक्ष सुकु गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद पुरस्कार सहित ट्रफी र उपविजेताले ३० हजार नगद पुरस्कार सहित पाउने अध्यक्ष गुरुङले बताए । सो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष गुरुङले बताए ।

सो पत्रकार पत्रकार सम्मेलनमा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले उक्त खेलकुँद प्रतियोगिता निकै महत्वपुर्ण रहेको हुँदा गाउँपालिका र वडाको तर्फबाट पुर्ण सहयोग रहने बताए ।

उक्त पत्रकार सम्मेलनमा देवघाट–५ का पूर्व वडा अध्यक्ष यालबहादुर गुरुङ, चक्रवर्ति सामुदायिक वनका अध्यक्ष डिलबहादुर गुरुङ, देवघाट–५ वडा युवा तथा खेलकुद विकास समितिका अध्यक्ष खेमबहादुर राना र मिलिजुली आमा समुहका अध्यक्ष भरिमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको सह आयोजक देवपुर युवा क्लव र मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको छ । प्रतियोगिता देवघाट खेलमैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको