बन्दिपुरमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रमः सडक मापदण्ड अटेर गर्नेको घर टहरा बल प्रयोग गरेर भत्काईने

Devghat Online

शेयर गरौ

बन्दिपुर, साउन १७

जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा बुधबार बन्दिपुर गाउँपालिकामा नागरिक सुनुवाई कार्यक्रम आयोजना गरियो । आम नागरिकले भोग्नु परेको समस्या सुन्ने र समाधानको पहल गर्ने योजना अनुसार प्रहरीले नागरिक सुनुवाई आयोजना गरेको थियो ।

सो कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आमनागरिकको सुरक्षाको लागि गाउँपालिकाले प्रहरीसँग सदैव हातेमालो गर्दै अगाढी बढिरहेको बताए ।

प्रमख जिल्ला अधिकारी जनार्दन गौतमले पृथ्वी राजमार्ग राष्ट्रिय राजमार्ग भएकाले एडिबिको सल्लाह अनुसार क्षतिपूर्ति समेत उपलब्ध गराईएको उल्लेख गर्दै हरेक नागरिकले सडक विस्तारमा आ–आफ्नो स्थानबाट सहयोग पु¥याउन आग्रह गरे । सडक मापदण्ड अनुसार सडक निर्माण गर्न अवरोध गर्न खोजे वा असहयोग गरे बल प्रयोग गरेर भएपनि सडक मापदण्ड विपरितका घर–टहरा हटाईने प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

डुम्रेमा खानेपानी उपभोक्ता समिति र मुग्लिन–पोखरा सडक आयोजनाको पुर्वी खन्डको कार्यालय विच खानेपानीको सम्बन्धमा भएको समस्या दुबै पक्षसँग छलफल गरि समाधान गरिने बताए ।

छाप नाहाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष इमनाथ खनालले छापनाहाला खानेपानीको समस्या कतैबाट पनि समाधान सडक आयोजनाको कार्यालयमा खानेपानीको लाइन काट्नु परेको बताए । ‘पृथ्वीराजमार्ग विस्तारका क्रममा छापनाहाला खानेपानी योजनाको पाईप अस्तब्यस्त भएको छ, हाम्रो कुरा कसैले सुनेन’ खनालले भने ‘छिट्टै समस्याको समाधान गरिदिन प¥यो, आम नागरिक काकाकुल जस्तै हुन बाध्य भए ।’

कार्यक्रममा स्थानीय गोर्वधन भट्टराई, राज कुमार श्रेष्ठ, नारायण खड्का, क्याप्टेन दिलबहादुर थापा, गीता लम्साल, रामभक्त भट्टराई, प्रेम शाही, तुलबहादुर गुरुङ्ग, बमदेब भट्टराई, दिलकुमारी राना, भोजबहादुर थापा, रवि श्रेष्ठ, सुदिप पोख्रेल, वडा अध्यक्षहरु लगायतले प्रहरीले दिएको सेवा प्रवाह, शान्ति सुरक्षा लगाएतका विषयका कुराहरुको उठान गर्दै प्रहरीले आम नागरिकको शान्ति सुरक्षा र विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गरेको बताएका थिए ।

कार्यक्रममा सहभागीहरुले बन्दिपुर पर्यटकीय नगरी भएकाले राती १ बजे सम्म होटल ब्यवसाय सन्चालन गर्न पाउनु पर्ने, बैध हिसाबले पार्किङको ब्यवस्थापन हुनु पर्ने, ट्राफिक चेकजाँचमा ब्यवहारिकता अपनाउनु पर्ने, बन्दिपुर ईलाका प्रहरी कार्यालयबाट मुद्धा सम्बन्धि कार्य गरिनु पर्ने, शान्ति सुरक्षालाई अझै मजबूद बनाउनु पर्ने, हुस्लाङ्ग र सुखौरामा प्रहरी पोष्टको स्थापना गरिनु पर्ने लगाएतका गुनासो राखेको ईलाका प्रहरी कार्यालय बन्दिपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र शाहीले आम नागरिकको सुरक्षाको विषमा प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताउँदै कर्तव्य पालनको शिलशिलामा अनुशासनमा नबस्ने र आचरण विपरित कार्य गर्ने प्रहरीलाई कडा कारवाही गरिने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले