गुरुङ गन्डकी प्रदेश इन्चार्ज, सिग्देल केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज र श्रेष्ठ केन्द्रीय सल्लाहाकार मनोनित

Devghat Online

शेयर गरौ

दमौली, साउन १७

नेकपा एमालेको गन्डकी प्रदेश इन्चार्जमा तनहुँका नेता किरण गुरुङ मनोनित भएका छन् । विहिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थायी समितिका सदस्य रहेका गुरुङलाई गन्डकी प्रदेशको इन्चार्ज मनोनित गरेको हो ।

यसैगरि सोही सचिवालय बैठकले तनहुँका नेता केदार सिग्देललाई केन्द्रीय सदस्य मनोनित गर्दै तनहुँ जिल्ला इन्चार्जको जिम्मेबारी दिएको छ । सिग्देल एमाले तनहुँको पुर्व अध्यक्ष हुन् । तनहुुँको अध्यक्षको जिम्मेबारी सकिएपछि उनी केही महिना गन्डकी प्रदेश कमिटिको सचिवालय सदस्य रहेका थिए । प्रदेश कमिटिको प्रथम अधिवशेनबाट जिम्मेबारी बिहीन रहेका सिग्देललाई पार्टीले केन्द्रीय सदस्य बनाउँदै तनहुँको इन्चार्ज जस्तो महत्वपुर्ण जिम्मेबारी दिएको छ ।

यसैगरि नेता प्रतापलाल श्रेष्ठलाई केन्द्रीय सल्लाहाकार परिषदको सदस्यमा मनोनित गरेको छ । श्रेष्ठ यस अघि एमालेमा केन्द्रीय सदस्य तथा पछिल्लो समय नेकपा एकिकृत समाजबादीको पोलिट्व्युरो सदस्य थिए । उनी गत वर्ष नेकपा एमालेमा फर्किएका थिए ।

हालसम्म स्याङजाको इन्चार्ज रहेका पोलिट्व्युरो सदस्य तनहुँका नेता टुकराज सिग्देललाई गन्डकी प्रदेशको पार्टी स्कुल विभागको संयोजक बनाईएको छ । त्यस्तै हालसम्म तनहुँको इन्चार्ज रहेका तिलक महतलाई नवलपुरको इन्चार्ज बनाईएको छ भने यसअघि तनहुँ क्षेत्र नम्बर १ र २ को इन्चार्ज रहेका केन्द्रिय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाईलीलाई सोही जिम्मेबारीमा निरन्तरता दिईएको छ ।

एमालेको सचिवालय बैठकले रिक्त रहेको उपाध्यक्षमा गुरु बराल तथा स्थायी समितिमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनित गरेको छ । यसैगरि कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेस इन्चार्जमा लीलानाथ श्रेष्ठ, बाग्मती इन्चार्जमा डा.राजन भट्टराई, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदुरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

यसैगरि रिक्त रहेको केन्द्रीय सदस्यहरुमा तनहुँका सिग्देल सहित सुवास कर्माचार्य, जितेन्द्र देव, कुन्दनराज कुशवाह, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलराज तिमल्सिना, गोविन्द पुन, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्ताैला, सरिता भुसाल, प्रभा बराल कोइराला, मञ्जु शर्मा चालिसे र आशा जबेगु मनोनित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले