बन्दिपुरको बार्षिक नीति कार्यक्रम र बजेट सार्वजानिक

Devghat Online

शेयर गरौ

बन्दिपुर, साउन १७

मुख्य नाराः ‘पर्यटन, कृषि, शिक्षा र पुर्वाधार समृद्ध बन्दिपुर निर्माणको मुल आधार’

बन्दिपुर गाउँपालिकाले चालु आ.व २०८१।०८२ को बार्षिक नीति कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । विहिबार बन्दिपुर–४ स्थित बन्दिपुर बजारमा विशेष कार्यक्रमको आयोजना गरि बार्षिक कार्यक्रम र बजेट सार्वजानिक गरेको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका सांसद एवं राष्ट्रिय सभामा सत्ता पक्षका मुख्य सचेतक भगवती न्यौपानेले पारित भएका विकास आयोजनालाई कार्यान्वयनमा जोड दिनुपर्ने बताइन् । जनताको जिवनस्तर उकास्ने खालको कार्यक्रम सन्चालन गर्नुपर्ने भन्दै न्यौपानेले सबैको प्रयत्न र सहयोगले संघ र प्रदेश सरकारबाट बन्दिपुर गाउँपालिकाको लागि हालसम्मकै सबैभन्दा धेरै बजेट विनियोजन भएको बताइन् ।

बन्दिपुरलाई पर्यटन कृषिको माध्यमबाट समृद्ध बनाउन सकिने भन्दै न्यौपानेले त्यसकोलागि संघ र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताइन् । बन्दिपुर अस्पतालको स्तरोन्नती र उपकरण थप गर्न सहयोग गर्ने न्यौपानेले बताइन् ।
देशमा राजनीतिक स्थिरिता र आर्थिक विकासकोलागि दुई ठुला पार्टी नेपाली काँग्रेस र नेकपा एमाले विच सरकार सन्चालन गर्ने सहमती भएको हुँदा अव विकास निर्माणको कामले तिब्रता पाउने र राजनीतिक स्थिरता कायम हुने न्यौपानेले बताइन् ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले समृद्ध बन्दिपुर निर्माणकोलागि ‘पर्यटन, कृषि, शिक्षा र पुर्वाधार समृद्ध बन्दिपुर निर्माणको मुल आधार’ भन्ने मुख्य नारा तय गरिएको बताए । विशेष गरि पर्यटन र कृषिको माध्यमबाट बन्दिपुरलाई समृद्ध गराउन सकिने अध्यक्ष थापाको भनाई थियो ।

बन्दिपुरका ६ वटै वडामा पर्यटकीय स्थलहरुको दिगो विकासको लागि बन्दिपुर गाउँपालिकालाई नै पर्यटकीय केन्द्रको रुपमा विकास गरिने अध्यक्ष थापाले बताए । बन्दिपुरको पर्यटनलाई थप उचाईमा पु¥याउन देशका प्रमुख शहरहरुमा घुम्न जाउँ है बन्दिपुर अभियान सन्चालन गरिने थापाले बताए । पर्यटन पुर्वाधारको विकास गरि बन्दिपुरको हरेक गाउँ पर्यटकीय ठाउँको रुपमा प्रबद्र्धन गरिने अध्यक्ष थापाले बताए ।

सो कार्यक्रममा उपाध्यक्ष पन्चमाया गुरुङले स्वागत मन्तव्य राख्दै गाउँसभाले स्विकृत गरेको नीति कार्यक्रम र बजेटको कार्यान्वयनमा जोड दिनु पर्ने बताइन् । गाउँपालिका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा, बन्दिपुर बाख्रा अनुसन्धान केन्द्रका प्रमुख राजु कडेंल, वडा नम्बर ३ का वडा अध्यक्ष परमेश्वर भट्टराई, नेपाली काँग्रेसका गाउँ सभापती कर्णबहादुर खत्री, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष रवि श्रेष्ठ, नेकपा माओवादी केन्द्रका गाउँ कमिटिका अध्यक्ष लोकबहादुर बानियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँ सभापती कृष्ण पन्त लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन वडा नम्बर १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले गरेका थिए ।

सो कार्यक्रममा विभिन्न जातजातीका सांस्कृतिक प्रस्तुतीहरु राखिएको थियो । वडा नम्बर १ को तर्फबाट भिमसेन शाही खड्गी नेवा खलको लाखे नाच, वडा नम्बर २ को तर्फबाट नौमती पन्चे बाजा समुह, वडा नम्बर ३ को तर्फबाट ब्राह्मण समाजको बालन नाच र आशौबोटे नौमती पन्चेवाज समुह, वडा नम्बर ४ को तर्फबाट नेवार समुदायको लाखे नाच, ब्राम्हणहरुको भजन नाच र वडा नम्बर ५ को तर्फबाट कोरिखा सामुदायीक होमस्टेको तर्फबाट गुरुङ समुदायको घाँटुनाच तथा मगर समुदायको सोरठी नाच प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक