बन्दिपुरमा नसर्ने रोगहरुको खोजपड्ताल अभियान, पहिलो दिन २४८ जनाको स्क्रिनिङ

Devghat Online

शेयर गरौ

बन्दिपुर, साउन १८

बन्दिपुर गाउँपालिकामा नसर्ने रोगहरुको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रम सुरु भएको छ । बिहिबार नीति, कार्यक्रम र बजेट सार्वजानिक कार्यक्रमको अवसरमा यस आर्थिक वर्षको पहिलो खोजपड्ताल कार्यक्रम बन्दिपुर बजारबाट सुरु गरिएको हो ।

पहिलो दिन २४८ जनाको परिक्षण गरिएकोमा मधुमेहका लक्षण भएका १३ जना र उक्त रक्तचापको लक्षण भएका ३२ जना भेटिएको बन्दिपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख किरण श्रेष्ठले बताए ।

बन्दिपुर अस्पताल सहित प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुमा उक्त अभियान पहिलेदेखी नै निरन्तर सन्चालन भईरहेकोमा अव गाउँपालिकाले समुदाय स्तरमा नै उक्त अभियान सन्चालन गर्ने श्रेष्ठले बताए । अव प्रत्येक वडामा क्रमशः उक्त स्क्रिनिङ अभियान सन्चालन गरिने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए । नसर्ने रोगहरुको खोजपड्ताल गरि त्यस्ता रोगहरुको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको श्रेष्ठले बताए ।

पछिल्लावर्षहरुमा उक्तरक्तचाप, मधुमेह, मृगौला, मुटु सम्बन्धी र क्यान्स जस्ता नसर्ने रोगहरुको कारण बर्षेनी धेरै जना प्रभावित भएको भएको हुँदा समुदाय स्तरबाट नै उक्त रोगबाट ग्रसितहरुको पहिचान गरि समयमै उपचार गर्न सके रोगबाट बच्न सकिनेहुँदा बन्दिपुर गाउँपालिकाले वडास्तरबाट नै उक्त खोजपड्ताल अभियान सन्चालन गरिएको श्रेष्ठले बताए ।

विहिबार सुरु भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख किरण श्रेष्ठ, उपप्रमुख विमला कट्टेल पोख्रेल तथा स्वास्थ्यकर्मीहरु प्रिया श्रेष्ठ, सोनीया श्रेष्ठ, प्रियङका गुरुङ र खुश्वु थापा मगर संलग्न थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक