कक्षा १२ को परीक्षाफल सार्वजनिक, ५३ प्रतिशत उत्तीर्ण

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन १८

कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षाफल आधा घण्टापछि वेबसाइटमा हेर्न सकिने शर्माले बताए।

‘नतिजा सार्वजनिक भएको हो। आधा घण्टापछि वेबसाइटमा हेर्न सकिन्छ,’ उनले भने, ‘५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।’

नतिजा सार्वजनिक हुनुअघि आजै बोर्डको बैठक बसेको थियो। बोर्डको बैठकलगत्तै परीक्षाफल सार्वजनिक भएको हो।

गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।

नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन्।

त्यसैगरी ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका थिए।

एसईईको जस्तै कक्षा १२ को नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रकाशित हुने बोर्डले जनाएको छ। जसअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थीलाई अनुत्तीर्ण मानिने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण