एमाले तनहुँको जिल्ला स्तरीय प्रशिक्षण सुरु

Devghat Online

शेयर गरौ

दमौली, साउन १९

नेकपा एमाले तनहुँको आयोजनामा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम शनिबार दमौलीमा सुरु भएको छ । जिल्ला कमिटि, लेखा कमिटि र अनुशासन कमिटिका पदाधिकारी तथा सदस्यहरुको लागि आयोजित सो तालिमको नेकपा एमालेका स्थायी कमिटिका सदस्य एवं गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै स्थायी समिति सदस्य गुरुङले दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकतालाई अन्त्य गर्नको लागि नेकपा एमालेलाई अझ बलियो बनाउनु पर्ने बताए । अहिले पार्टीका अध्यक्षको नेतृत्वमा बनेको सरकारलाई सफल बनाउनकोलागि सबै कार्यकर्ताहरु लाग्नुपर्ने गुरुङले बताए । सबै योग्य र क्षमता भएका कार्यकर्ताहरुलाई जिम्मेबारी दिनुपर्ने भन्दै गुरुङले सबै कार्यकर्तालाई समेटेर जानुपर्ने बताए ।

जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रमको सन्चालन सचिव प्रदिप अधिकारीले र स्वागत उपाध्यक्ष राजेश्वर ढकालले गरेका थिए ।

तिन दिनसम्म चल्ने सो तालिममा केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवाली, केन्द्रीय सचिवद्वय गोकर्ण विष्ट र पद्मा अर्याल, स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तिलक महत, इश्वरी रिजाल, केन्द्रीय स्कुल विभागका सदस्यहरु हस्त पण्डित, सुन्दर लामिछाने, केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी लगायतले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक