कक्षा १२ को ननिजाः भानुु नगरपालिकाको नतिजा औषत, ४७.५८ प्रतिशत उत्तिर्ण

Devghat Online

शेयर गरौ

दमौली, साउन १९

शुक्रबार सार्वजानिक भएको कक्षा १२ को नतिजामा भानु नगरपालिकाको नतिजा औषत आएको छ । भानु नगरपालिकाका विद्यालयहरुबाट ४७.५८ प्रतिशत विद्यार्थी उत्तिण भएका छन् ।

भानु नगरपालिकाका १४ वटा विद्यालयबाट समग्रमा उक्त नतिजा आएको हो । भानु नगरपालिकाका विद्यालयहरुबाट २९० जना विद्यार्थी उत्तिर्ण भएकोमा १३८ जना उत्तिर्ण भएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार भानु नगरपालिकाका विद्यालयहरु मध्ये सबैभन्दा धेरै भानु १० स्थित चोक मावि रामपुरेटारबाट ७६.४७ प्रतिशत उत्तिर्ण भएका छन् । यसैगरि क्रमशः मनोहर मावि महन्तेहटियाका ७२.४२ प्रतिशत, कालिका मावि पुर्काेटका ७१.११ प्रतिशत, जनसहयोगी मावि समजुरका ५० प्रतिशत, विद्या निकुन्ज मावि बयापानीका ५० प्रतिशत, होरालो सारदा शिक्षा सदन मावि नारेश्वरटारका ४९.२३ प्रतिशत, सरस्वती मन्दिर मावि घलेछापका ४६.६६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

त्यसैगरि फिस्टेल आवासिय मावि भन्सारका ४५.४५ प्रतिशत, हिमालय मावि चाम्बासका ४२.८५ प्रतिशत, राष्ट्रिय मावि मायाखुका ३६.३६ प्रतिशत, जनजागृती मावि तुरतुरेका २६.३१ प्रतिशत, त्रिभुवन मावि मानेचौकाका १७.६४ प्रतिशत चन्द्रावित मावि चुँदीका ११.५३ प्रतिशत र अरनिको मावि ठुलोढङ्गाका ११.११ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको नगर शिक्षा अधिकराी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका