फरार अभियुक्त पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन २२

तनहुँ प्रहरीले एक फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने ४९ बर्षिय गोपिराम बिश्वकर्मा रहेका छन् ।

विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्यलाई तिब्रता दिएको प्रहरीले बैकिङ कसुर मुद्धामा उच्च अदालत पोखराले गत २०७९ असार १३ गते क्षतिपुर्ती सहित नौ लाख उनन्पचास हजार रुपैया जरिवाना गर्ने फैसला गरेकोमा उक्त जरिवाना रकम भुक्तान विश्वकर्मा हालसम्म फरार रहेका थिए ।

उनलाई मंगलबार दिउँसो दुलेगौंडाबाट पक्राउ गरि उक्त जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल