बन्दिपुर अस्पताललाई स्वास्थ्य सामाग्री प्राप्त

Devghat Online

शेयर गरौ

दमौली, भदौ १२

तनहुँको बन्दिपुर अस्पताललाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनमा स्वास्थ्य सेवा बिभाग टेकुले बन्दिपुर अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

स्वास्थ्य सामाग्री उपलब्ध गराउने बिषयमा कांग्रेस नेता रेशम गुरुङले सहजिकरण गरेका थिए । बिभागबाट उपलब्ध भएको ति स्वास्थ्य उपकरण बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बुझेका थिए ।

अस्पतालमा पर्याप्त मात्रामा स्वास्थ्य उपकरण नहुँदा उपचारमा समस्या भएपछि स्वास्थ्य सामाग्री मागको लागि बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङ काठमाडौं पुगी मन्त्री पौडेल सँग भेट गरेकी थिइन् । भेटका क्रममा उनले पर्याप्त स्वास्थ्य सामाग्री, उपकरण नहुँदा उपचारमा समस्या भएको गुनासो गर्दै सहयोग माग गरेकी थिइन् ।

मन्त्री पौडेल स्वास्थ्य सामाग्री उपलब्ध गराउने बिषयमा सकारात्मक हुनुका साथै अस्पतालको डाक्टरलाई चिरफारको तालिम समेत छिटै गराइ दिने प्रतिबद्धता जनाएका थिए । त्यसपछि स्वास्थ्य सामाग्री प्राप्त भएको उपाध्यक्ष गुरुङले बताइन् ।

स्वास्थ्य सेवा बिभागले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीमा थर्मोकोगुलेटर, ईसिजि मेसिन, डेलिबरी बेड, सेन्ट्रिफ्युज मेसिन लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना