दुईपिप्लेमा तीज गीत प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

दमौली, भदौ १२

नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल इकाईको आयोजनामा आगामी भदौ २१ गते मध्यनेपाल नपा–४ दुईपिप्ले बजारमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार, द्वित्तिय हुने टिमलाई १५ हजार, तृतिय हुनेलाई ५ हजार तथा सान्त्वना हुने टिमलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल इकाईका अध्यक्ष रमेशचन्द्र शर्माले जानकारी दिए ।

त्यस्तै उत्कृष्ट नृत्यकारलाई १ हजार नगद पुरस्कार तथा सहभागी हुने टिम (बिजयी बाहेकलाई) यात्रा खर्च उपलब्ध गराइनेछ ।

प्रतियोगितामा सहभागी हुनकोलागि भदौ २१ गते बिहान १० बजेसम्म टिम दर्ता गरिसक्नु पर्ने इकाईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि