म्याग्देका एमाले नेताहरुद्वारा प्रधानमन्त्री र मन्त्रीहरुसमक्ष म्याग्देको विकासकोलागि विभिन्न माग पेश

Devghat Online

शेयर गरौ

दमौली, भदौ १२

म्याग्दे गाउँपालिकाका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सँग भेट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा युवाहरुले म्याग्दे गाउँपालिकाको विकासको लागि प्रधानमन्त्रीसँग विभिन्न मागहरु पेश गरेका छन् ।

नेकपा एमाले तनहुँ जिल्ला कमिटि सदस्यहरु बसन थापा, शंकर रानभाट, सुरेन्द्र अधिकारी, निर्मला वाग्ले लगायत सहित गएका युवाहरुले प्रधानमन्त्री ओलीसँग म्याग्दे गाउँपालिका–३ र रिसिङ गाउँपालिका–७ जोड्न सेती नदीमा मोटरेवल पुल, वडा नम्बर २ मा म्याग्दे सांस्कृतिक संग्रहालय निर्माण, वडा नम्बर २ मै म्याग्दे मुल बराही मन्दिर निर्माण तथा संरक्षणको लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

त्यसैगरि वडा नम्बर २ को निर्मलबस्तीमा खेलकुद मैदान निर्माण, वडा नम्बर २ मा निर्मित ल्याण्डफिल्ड साइट योजनालाई बजेट बिनियोजन तथा वडा नम्बर ५ र वडा नम्बर ६ जोड्न मोटरेवल पुल निर्माण गर्न प्रधानमन्त्रीसँग माग गरिएको नेकपा एमाले म्याग्दे गाउँ कमिटिका सचिव सन्दिप रानाभाटले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरुलाई उक्त मागको बारेमा जानकारी गराई बजेट विनियोजनको लागि निर्देशन दिने बताएका थिए ।

म्याग्दे गाउँपालिकाका युवाहरुले अर्थमन्त्री विष्णु पौडेल, सुचना तथा सन्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतिक पुर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहाल तथा एमालेका नेताहरुसँग भेट गरि उक्त मागहरु पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।