दमौली, भदौ १३
म्याग्दे गाँउपालिकाद्वारा आयोजित गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिताको उपाधी गणेश महिला समुहले जितेको छ । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर गाउँपालिकाले ‘म्याग्देको उद्येश्य, वालमैत्री घोषणा’ भन्ने शिर्षकमा तीज गीत प्रतियोगिता आयोजना गरिएको थियो ।
२९ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा भीमसेन टोल आमा समुह दोश्रो भएको छ भनो संगम आमा समुहले तेश्रो स्थान र एकता मगर समाजले सान्त्वना पुरस्कार हात पारेको छ । प्रतियोगितामा प्रथम हुनेले १८ हजार, द्वित्तिय हुनेले १५ हजार र तृतिय हुनेले १२ हजार र सान्त्वना हुनेले ७ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।
गाउँपालिकाले वालमैत्री घोषणा गर्ने कार्यक्रम रहेको र आम दिदी वहिनीमार्फत चेतना जगाउन वालमैत्री तीज गित कार्यक्रम गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।