दमौली, भदौ २७
व्यास नपा ४ निवासी नेपाली काँग्रेसका युवा नेता सरोज भन्डारी नेपाली काँग्रेसको साहित्य कला तथा संस्कृती विभागको सदस्य मनोनित भएका छन् ।
भण्डारीलाई नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सेना प्रमुख रहेको उक्त विभागको सदस्यमा विहिबार मनोनित गरेको नेपाली काँग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
उक्त विभागको सदस्यमा भण्डारी सहित विभिन्न जिल्लाका १० जनालाई मनोनित गरिएको छ । भण्डारी व्यास नपा ४ का निर्वाचित वडा सदस्य समेत हुन् ।