म्याग्देमा उपभोक्ता समितिका पदाधिकारीलाई उपभोक्ता अनुशिक्षण कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, भदौ २७

म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ मा सन्चालन हुने आयोजनाहरुको बारेमा उपभोक्ता समितिका पदाधिकारी र टोल विकास संस्थाका अध्यक्षहरुको लागि उपभोक्ता अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

वडा नम्बर १ का उपभोक्ता समितिका पदाधिकारी र टोल विकास संस्थाका अध्यक्षहरुको लागि आयोजित अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आयोजना सन्चालन गर्दा प्रभावकारी रुपमा सन्चालन गर्नुपर्ने बताए ।

वडा नम्बर १ का अध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका इन्जिनियर शिव ज्ञवाली र आर्थिक प्रशासन शाखाका प्रमुख शिवजी थापाले आयोजना सन्चालनको बारेमा सहिजरणका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू