आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

Devghat Online

शेयर गरौ

दमौली, असोज २

दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ । राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा आदिकवि भानुभक्त क्याम्पसलाई गण्डकी प्रदेशको एक उत्कृष्ट क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार–२०८१ बाट सम्मानित एवं पुरस्कृत गरिएको छ ।

राष्ट्रिय शिक्षा दिवस समारोह–२०८१ को अवसरमा बुधबार पोखरा आयोजित कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसलाई उत्कृष्ट क्याम्पसको सम्मान एवं पुरस्कार प्रदान गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलले जानकारी दिए ।

उक्त सम्मान कार्यक्रममा सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा र मन्त्रालयका सचिव प्रकाश पौडेल र शिक्षा विकाश निर्देशक अम्विका आचार्यले क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई सम्मान पत्र, नगद पुरस्कार र दोसल्लाद्वारा सम्मान गरेका थिए ।

सो अवसरमा मन्त्रालयबाट गण्डकी प्रदेशमा सञ्चालन भइरहेको उच्च शैक्षिक संस्थाहरु मध्ये गुप्तेश्वर बहुमुखी क्याम्पस कास्की द्रव्य शाह बहुमुखी क्याम्पस, गोर्खा, मध्यविन्दु बहुमुखी क्याम्पस, नवलपुर, जनप्रिय बहुमुखी क्याम्पस कास्कीलाई पनि सम्मानित एवं पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य