म्याग्देमा सेवाग्राहीको घरमै पुगेर सेवा प्रदान

Devghat Online

शेयर गरौ

दमौली, असोज ८

म्याग्दे गाँउपालिकाद्वारा आयोजित एकिकृत घुम्ती शिविरको क्रममा अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर सेवा दिईएको छ । गत आइतबार वडा नम्बर १ को बाख्रेबाट सुरु भएको उक्त घुम्ति शिविर कार्तिक ९ गते वडा नम्बर ७ मा सम्पन्न हुनेछ । शिविरको क्रममा वडा नम्बर १ का केही अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर सेवा दिईएको वडा नम्बर १ का वडा अध्यक्ष मणिभद्र वाग्लेले बताए ।

अपाङ्गता भएको कारण सेवा लिन घुम्ति शिविर स्थलसम्म आउन नसक्ने केही सेवाग्राहीको घरमै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र वडा अध्यक्ष वाग्लेले केही कर्मचारी लिएर गई उनीहरुलाई आवश्यक पर्ने सेवा दिएका थिए । घुम्ति शिविर स्थलसम्म आउन नसक्ने सेवाग्राहीलाई घरमै पुगेर सेवा दिईएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

गाउँपालिकाको पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गरि सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पुुर्याउने उद्देश्य अनुसार एकिकृत घुम्ति शिविर गर्न लागिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । पालिकाले जनताको आवश्यकता परिपुर्ति गर्नका लागि एकिकृत घुम्ति सेवा प्रदान गरेको अध्यक्ष श्रेष्ठले बताए । विगतमा पनि गरिएको एकिकृत घुम्ति शिविरवाट हजारौले सेवा लिएको हुदाँ जनमुखी काममा पालिका सधै क्रियाशिल रहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।

एकिकृत घुम्ति शिविरमा स्वास्थ्य तर्फ परिवार नियाजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एक्सरे सहित, क्षयरोग स्क्रिनिङ मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ सेवा, स्तन क्यान्सर परिक्षण सेवा दिईनेछ भने कृषि तर्फ उन्नत जात विउ विजन वितरण, विभिन्न अनुदानका सुचनाका माग संकलन, पशु सेवा तर्फ विरामी पशु पन्क्षहरुको उपचा, पशु पन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप दिईने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

यसैगरि पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु दिईनेछ भने उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईनेछ ।

एकिकृत घुम्ती शिविर कार्तिक ९ गते सम्म चल्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त