जेष्ठ नागरिक दिवसमा म्याग्दे गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान

Devghat Online

शेयर गरौ

दमौली, असोज १५

जेष्ठ नागरिक दिवसको अवसरमा मंगलबार म्याग्दे गाउँपालिकाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । ३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा म्याग्दे गाउँपालिकाले गाउँपालिकाका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जेष्ठ नागरिक गाउँपालिकाको सम्पत्ती भएको हुँदा उहाँहरुको योगदान र अनुभवको कदर र सम्मान गर्नुपर्ने बताए । जेष्ठ नागरिकको सिप र अनुभवले समृद्ध गाउँपालिका निर्माणमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए । जेष्ठ नागरिक लगायत सबैको मानवअधिकारको सम्मान र सम्बद्र्धन गर्न तथा सामाजिक सुरक्षाको प्रत्याभुती गर्न गाउँपालिकाले विशेष कार्यक्रम सन्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

म्याग्दे गाउँपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा गाउँपालिकाका गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष बसन्तकुमार श्रेष्ठ, कार्यपालिका सदस्य जानकी श्रेष्ठ, वडा सदस्य सुनिता नेपाली लगायतले मन्तव्य राखेका थिए । वडा नम्बर ३ का वडा अध्यक्ष टुकराज अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त अवसरमा जेष्ठ नागरिकहरुलाई नगद र खादाले सम्मान गरिएको थियो भने हर्लिक्स प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय